News desk

डोटीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

काठमाडाैँ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । घटना बेलुकी ६:३० बजे भएको हो । गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ …

पुरा पढ्नुहॊस »

आज हावाहुरीको जोखिम, भारी वर्षा पनि (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती …

पुरा पढ्नुहॊस »

देशकै पहिलो निजी बैंक नबिल बैंकले मनायो ३९ औँ वार्षिकोत्सव

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको हो । बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ । ग्राहकको सुविधा तथा सरल …

पुरा पढ्नुहॊस »

बल्छी र राजुसहितका कलाकार र युट्युबर ५ हजार धरौटीमा छुटे

काठमाडौं । अनलाइन जुवा वानएक्सबेटमा सट्टेबाजमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारसहित ११ जनालाई नै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक खनालले कलाकारसहित ८ जनालाई ५ हजार रुपैयाँका दरले धरौटी लिएर छाड्न आदेश दिएका हुन् । यस्तै वानएक्सबेटका मुख्य एजेन्ट भनिएका दिनेश खड्कालाई १० लाख र उनकी पत्नी अनिता धिताललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन् । रोल्पा नगरपालिका ६ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लगनखेलस्थित मिडाट हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मिडाट हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न …

पुरा पढ्नुहॊस »

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

काठमाडाैं । नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ। भदौ २६ गते देखि ३१ गतेसम्म हुने अटो शोकालागि स्टल बुकिङ खुल्ला गरेको हो। नेपालको सबैभन्दा ठूलो अटो शो काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुँदै छ। नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा पनि हुन सकेन। नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारी …

पुरा पढ्नुहॊस »

दीर्घकालीन असरपर्ने कुनै निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न नगराउन कोशी प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाएर दिएको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको इजलाशले यस्तो आदेश दिएको हो । कोशीमा मुख्यमन्त्री कार्कीलाई अपदस्त गरी उद्धब थापाको नेतृत्वमा बनेको सरकारलाई बहुमत पूरा नपुगेपछि प्रदेशका सभामुख समेतको हस्ताक्षरबाट बहुमत पुर्‍याइएको …

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मृत्यु भएकोले निजको हकवाला श्री क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय भूमिका …

पुरा पढ्नुहॊस »

ललिता निवास जग्गा प्रकरण समरजंग कम्पनीका सहलेखापाल पक्राउ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकार जग्गा व्यक्तिको नाममा किर्ते गरी पास गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले उनलाई बुधबार चावहिल क्षेत्रबाट पक्राउ गरेको हो । यसअघि पक्राउ परेका १४ जनासहित मुद्दामा पक्राउ पर्नेको संख्या १५ पुगेको छ । ललिता निवासको १४३ रोपनी जग्गा गृह मन्त्रालय मातहतको तत्कालिन समरजंग कम्पनीको नाममा थियो । उक्त जग्गा …

पुरा पढ्नुहॊस »
This will auto close after