नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

काठमाडाैं । नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ। भदौ २६ गते देखि ३१ गतेसम्म हुने अटो शोकालागि स्टल बुकिङ खुल्ला गरेको हो।

नेपालको सबैभन्दा ठूलो अटो शो काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुँदै छ। नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा पनि हुन सकेन।

नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारी साधनहरुको आयातमा लगाएको प्रतिबन्धका कारण हुन सकेको थिएन। नाडाले आफनो इतिहासमा पहिलो पटक गत वर्ष भृकुटीमण्डपमा नाडा इभि एक्सपो २०२२ सम्पन गरेको थियो।

नाडा अटो शो २०२३ मा विद्युतीय लगायत चार पांग्रे, तीन पांग्रे र दुई पांग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयुब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवम् ग्यारेज उपकरण राखिने छन्। त्यसैगरी प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थाको पनि सहभागिता रहने छ।

करिब चार वर्षपछि हुन लागेको प्रदर्शनीको एक लाख भन्दाबढी दर्शकले अवलोकन गरेर २० अर्ब भन्दाबढीको कारोबार हुने अपेक्षा राखिएको छ। कोभिडको दीर्घकालीन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता कारणले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय हाल सुधारतर्फ अग्रसर भइरहेको छ।अर्थतन्त्र

मा सुधारका कारण यो प्रदर्शनी गत वर्षहरुमा सम्पन्न प्रदर्शनीहरुभन्दा थप बृहत र भव्य हुने अपेक्षा आयोजकले गरेको छ। यस प्रदर्शनीमा नेपालभरीका अटोमोबाइल व्यवसायीहरुको अधिकतम् सहभागिता रहने अपेक्षा समेत गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds