काठमाडाैं । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि ७ सय ३० रुपैयाँमा नै कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »विधेयक पारित नगरी संसद्को दाेश्रो अधिवेशन आज सकिँदै
काठमाडाैं । संघीय संसद्को दोश्रो अधिवेशन आज सकिँदै छ। प्रतिनिधिसभा एवं राष्ट्रियसभाको वर्से अधिवेशन आज सकिन लागेको हो । संघीय संसद्को अधिवेशन गएको २३ वैशाखदेखि सुरु भएको थियो । संसदिय दलका नेताहरुको समन्वयमा प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो अधिवेशन बिहीबारबाट सक्ने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार दशैं, तिहार जस्ता चाडपर्वको बेला सांसद्हरु आफ्नो निर्वाचन क्षेत्रमा जाने भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो । संघीय संसद्को पहिलो …
पुरा पढ्नुहॊस »दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य
काठमाडौं । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ । यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको …
पुरा पढ्नुहॊस »सिद्धार्थका ग्राहकलाई हेल्पिङ्ग हेण्ड्समा ५० प्रतिशतसम्म छुट
काठमाडाैं । सिद्धार्थ बैंक र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल, चाबहिलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले स्वास्थ्य सेवामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्ने छन् । सम्झौतामा बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स सुरेसराज महर्जन र अस्पतालका तर्फबाट अध्यक्ष डा. कृृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरे । ग्राहकले विभिन्न किसिमका सेवा सुविधा लिंदा ५० प्रतिशत सम्म छुट र यूएनओ क्रेडिट कार्ड प्रयोगकर्ताले थप २।५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ …
पुरा पढ्नुहॊस »उपत्यकाका यी २२ ठाउँबाट नयाँ नोट साट्न पाइने
काठमाडाैं । उपत्यकाका २२ ठाउँबाट दसैँका लागि आवश्यक नयाँ नोट साट्न पाइने भएको छ । सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ । नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुने भएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, बिशालबजार, नक्साल, कलंकी तथा बालाजु शाखाबाट सटही हुनेछ …
पुरा पढ्नुहॊस »एडीबीको विश्लेषण, आर्थिक वृद्धिदर थप कमजोर हुन सक्ने
काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले आर्थिक वृद्धिदर ५ दशमव ९ प्रतिशत हासिल गरेको जनाएको छ । नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशतले कम हो । विभागले गत वर्ष ६ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल भएको जनाएको थियो । गत वर्ष अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर …
पुरा पढ्नुहॊस »माथिल्लो त्रिशूली-१ को निर्माण पुसदेखि
काठमाडौं । माथिल्लो त्रिशूली-१ को निर्माण पुसदेखि शुरू हुने भएको छ । रसुवास्थित २ सय १६ मेगावाटकोे सो आयोजनाको निर्माण कार्य अघि बढाउन सबै तयारी पूरा भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पहिलो चरणमा आयोजनास्थल पुग्ने पहुँच मार्ग निर्माण गरी भौतिक संरचना विकासको काम शुरू गरिनेछ । उक्त आयोजना कोरियाली लगानीमा निर्माण हुनेछ । नेपालका लागि कोरियाली राजदूत योङ सिक पार्कले आयोजनाको पछिल्लो प्रगतिबारे ऊर्जामन्त्री वर्षमान पुनलाई …
पुरा पढ्नुहॊस »छोरीलाई बलात्कार गरी गर्भपतन गराउने बाबुलाई २६ वर्ष कैद
काठमाडाैं । आफ्नै छोरीलाई बलात्कार गर्ने ललितपुरको चापागाउँका एक व्यक्तिलाई ललितपुर जिल्ला अदालतले २६ वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले उनलाई यही असोज १ गते सजाय गर्ने फैसला सुनाएको हो । जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रसाद तिवारीले फैसलाको पूर्ण पाठ एक-दुई दिनमा आउने बताए । बलात्कार गर्नेलाई नयाँ मुलुकी ऐनअनुसार जबर्जस्ती करणी ३ (१०) बमोजिम १५ वर्ष कैद सजाय तोकेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको …
पुरा पढ्नुहॊस »होसियार, लुटिनु होला नि !
काठमाडाैं । चाडर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन् । विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण पिलर प्रमुख एवं प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौं उपत्यकामा अन्य समयको भन्दा चाडपर्वका बेला …
पुरा पढ्नुहॊस »यसरी हुँदैछ वन मासेर प्रदेश राजधानी बसाउने तयारी
काठमाडाैं । कैलाली मुलुककै बढी वन भएको जिल्ला । चार वर्षअघि तत्कालीन वन अनुसन्धान तथा सर्वेक्षण विभागले प्रतिवेदन जारी गर्दा कैलालीमा १ लाख ९८ हजार २ सय ३९ हेक्टर वन थियो । भावर क्षेत्रमा पर्ने यहाँका वन भने यसैगरी अब रहने छैनन् । यहाँका रूख काटेर ६ वटा राष्ट्रिय आयोजना सञ्चालन भएका छन् । गेटा अस्पताल, आयुर्वेदिक अस्पताल, स्याउले बीपी नगर फास्ट ट्रयाक, सेती लोकमार्ग (कैलालीको लम्कीबाट अछाम जोड्ने), रानीजमरा कुलरिया सिँचाइ आयोजना …
पुरा पढ्नुहॊस »