छोरीलाई बलात्कार गरी गर्भपतन गराउने बाबुलाई २६ वर्ष कैद

काठमाडाैं । आफ्नै छोरीलाई बलात्कार गर्ने ललितपुरको चापागाउँका एक व्यक्तिलाई ललितपुर जिल्ला अदालतले २६ वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले उनलाई यही असोज १ गते सजाय गर्ने फैसला सुनाएको हो ।

जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रसाद तिवारीले फैसलाको पूर्ण पाठ एक-दुई दिनमा आउने बताए । बलात्कार गर्नेलाई नयाँ मुलुकी ऐनअनुसार जबर्जस्ती करणी ३ (१०) बमोजिम १५ वर्ष कैद सजाय तोकेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

पीडित र प्रतिवादी नाताले बाबुछोरी भएकाले हाडनाता करणीको महल १ बमोजिम थप १० वर्ष र गर्भपतनसमेत गरेकाले ज्यानसम्बन्धी महलको २८ ‘क’ बमोजिम थप एक वर्ष कैद गरी २६ वर्ष सजाय तोकिएको हो । पीडकबाट क्षतिपूर्ति भराउने पनि निर्णय भएको अदालतले जनाएको छ ।

बलात्कारको घटना थाहा पाएपछि बालिकाकी ठूलीआमाले साउन १४ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएकी थिइन् । भदौ १० मा अदालतले थुनछेक आदेश दिएपछि पीडकलाई नख्खु कारागार राखिएको थियो ।

गर्भपतन गराउनेक्रममा पाखुरामा सुई दिएर बेहोस बनाएको, ब्युझिँदा योनीमा प्याड लगाएको र रगत लागेको पीडित बालिकाले दिएको बयानमा उल्लेख छ । पीडित बालिकाकी आमा विदेश रहेकामा घटनापछि स्वदेश फर्किइसकेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस