News desk

लिओनेसालाई हराउँदै बार्सिलोना नकआउट चरणमा

काठमाडाैं । बार्सिलोना कोपा डेल रे को अन्तिम नकआउट चरणमा प्रवेश गरेको छ । दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा पुगेको हो । बुधबार राति घरेलु मैदानमा दोस्रो रोजाइको खेलाडी उतारेको बार्सिलोनाले सहज जित निकाल्दै दोस्रो चरण प्रवेश गरेको हो । बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल गर्दा माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरेका थिए । नियमित टोलीका नेल्सन सेमेडो …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ७ एक्स्टेन्सन काउन्टर सञ्चालनमा

काठमाडाैं । प्रभु बैंकले नयाँ ७ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरहरु झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सेती भन्सारमा सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।भन्सार विभागका महानिर्देशक तोयम रायाले जलेश्वर काउण्टर उद्घाटन गरे । त्यसैगरी अन्य भन्सारका काउन्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखले उद्घाटन गरेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका …

पुरा पढ्नुहॊस »

गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गण्डकी बिकास बैंक र सूर्य लाईफ इन्स्योरेन्स बीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरेका छन् ।उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट नायब मेनेजर सुमना न्यौपाने खनालको समेत उपस्थिती रहेका थिए । सम्झौता अनुसार …

पुरा पढ्नुहॊस »

महोत्तरी प्रहरीको नियन्त्रणमा ४४ लागुऔषध तस्कर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले विगत ६ महिनाको अवधिमा ४४ जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरेको छ । भारतीय सीमा नाकाबाट नेपाल ल्याउने तथा नेपालबाट गाँजा लगायतका लागुऔषध तस्करी गरी भारत लैजाने ४४ जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए । पछिल्लो समय भारतीय नाकाबाट विभिन्न खाले एम्पुलहरू लागुऔषधको रुपमा भित्रन थालेपछि लागुऔषधविरुद्ध अप्रेशन चलाएर तस्करहरुलाई पक्राउ गरिएको बताएका छन् । कोरेक्स लगायतका बोतलवाला लागुऔषधहरु ५ महिनाको अवधिमा ५९ …

पुरा पढ्नुहॊस »

देशैभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडाैं । मंगलबार रातिदेखि देशैभर मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन । मौसम बदली भएसँगै काठमाडौंमा जाडो बढेको छ । काठमाडौं उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ । आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । ‘अबको एक/दुई दिन …

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद्को निर्णयप्रति जुरेका पहिरोपीडितको असन्तुष्टि

सिन्धुपाल्चोक । जुरे पहिरोपीडित मन्त्रिपरिषद्ले गरेको निर्णयप्रति असन्तुष्ट भएका छन्। पहिरोपीडितले  भूकम्पपीडित सोसरह तीन लाख मात्र अनुदानको रकम पाउने निर्णय गरेपछि पहिरोपीडित असन्तुष्ट भएका हुन्। जिल्ला प्रशासन कार्यालयले पहिरो पीडितको नाममा दाताबाट संकलित २ करोड २४ लाख रकम गृह मन्त्रालयमा माग गरेको थियो। गत मंसिर १४ गतेको मन्त्रिपरिषद्को निर्णयले पहिरोपीडितले भूकम्पपीडितसरह रकम मात्रै उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि नै भूकम्पपीडित सुचीमा राखेर पहिरो पीडितलाई तीन लाख अनुदान दिएको थियो। …

पुरा पढ्नुहॊस »

शिक्षक महासङ्घको आन्दोलन स्थगित

काठमाडाैं । सरकारसँग वार्ता सुरू भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङ्घले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौं जाऔँ’ कार्यक्रम स्थगन गरेको हो। मंसिर १४ गते पनि महासङ्घले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौंमा प्रदर्शन गरेको थियो। सो दिन छुटेको पढाइ …

पुरा पढ्नुहॊस »

अब नेपालको आफ्नै रेल

काठमाडौं । सरकारले जयनगरदेखि जनकपुरको कुर्थासम्म आफ्नै रेल किनेर संचालन गर्ने भएको छ । भाडामा ल्याएर चलाउने कि आफ्नै रेल चलाउने भन्ने लामो छलफलपछि सरकारले अन्ततः आफ्नै रेल संचालन गर्ने भएको हो । भारत सरकारसँग भाडामा लिएर संचालन गर्ने योजनालाई थाँती राख्दै रेल किनेर नै चलाउन लागिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार १ अर्ब रुपैयाँमा रेल किन्न लागिएको हो । १० डिब्बा सहितको दुर्इ सेट …

पुरा पढ्नुहॊस »

पोस्टरसँग त्रसित प्रहरी : निर्मलाको पोस्टर च्यात्ने प्रहरी अभियान देशव्यापी

काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ। निर्मलाको न्यायका लागि दबाब दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। ‘एसिया प्यासिफिक समिटमा माइतीघर भिभिआइपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनू भन्ने सरकारको निर्देशन थियो । तर, त्यही दिन प्रदर्शनमा आएको …

पुरा पढ्नुहॊस »

संसद छलेर कर्मचारी समायोजन अध्यादेश, के छ अध्यादेशमा ?

काठमाडाैं । सरकारले संसद् छलेर अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ। प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि भन्दै ल्याउन लागिएको अध्यादेशले सरकारलाई नै घाटा हुने विज्ञले बताएका छन्। राष्ट्रपतिले अध्यादेशमा लालमोहर लगाएपछि कर्मचारी समायोजन सुरु हुनेछ। ६० दिनभित्र संसदबाट पारित नभए यो निष्क्रिय हुनेछ। संविधानविद् डा‍ विपिन अधिकारीले संसद बोलाउने टुंगो लागिसकेको अवस्थामा नियमित प्रक्रियाबाटै विधेयक ल्याउनु उपयुक्त हुने बताए। …

पुरा पढ्नुहॊस »
This will auto close after