काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म सिद्धार्थ बैंकले एक अर्ब १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा उक्त नाफा २६.३८ प्रतिशतले घटेको हो ।
बैंकले शनिबार (माघ ७) सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणानुसार गत वर्षको सोही अवधिमा एक अर्ब ५७ करोड ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले ब्याज अम्दानीमार्फत चार अर्ब एक करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी तीन अर्ब ६९ लाख रुपैयाँ थियो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब ६५ करोड ७२ रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
यो बैंकको चुक्ता पुँजी हाल १४ अर्ब आठ करोड ९९ लाख रुपैयाँ छ । रिटेन्ड अर्निग नौ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष रकम आठ अर्ब ८२ करोड १५ लाख रुपैयाँ छ ।
बैकको खराब कर्जा बढेको छ । गत वर्षको पुस मसान्तसम्म ०.३७ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा २.८७ प्रतिशत कायम भएको छ ।



