काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले डीम्याट खाता खोल्दा शुल्क नलिने भएको छ । सानिमाले डीम्याट खाता खोल्दा लिदै आएको ५० रुपैयाँ शुल्क हटाएको जानकरी दिएको छ ।
कर्मचारी सञ्चय कोषमा रकम वचत गरेका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि यो छुट दिएको सानिमाले बताएको छ ।
शेयर आवेदनका लागी आवश्यक डिम्याट खाता सानिमा बैंकको देशैभरी रहेका कुनै पनि शाखा कार्यालय तथा सानिमा क्यापिटलबाट सहज रुपमा खोल्न सकिनेछ ।

तपाईंको प्रतिकृया



