जाडोलेे कठाङ्ग्रिएर सिरहामा बालकसहित तीनको मृत्यु

सिरहा । सिरहा लगायत पूर्वी तराइमा शीतलहरले प्रकोपकै रुप लिएको छ । शीतलहरले बढेको जाडोका कारण कठाङ्ग्रिएर तीन जनाको मृत्यु भएको छ ।

दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका-७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साहको आइतबार विहान मृत्यु भएको हो । यस्तै गोलबजार-२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो शनिबार मृत्यु भएको थियो ।

जाडोले बेहोस भएका बालक साहको धामीझाँक्रीलाई देखाउँदा मृत्यु भएको स्थानीय रामभरोसी यादवले बताए । अरु दुई जना जेष्ठ नागरिकहरु भने दमका रोगी रहेको बताइएको छ ।

जाडो बढेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । अति आवश्यक काम बाहेक स्थानीय कोही बाहिर निस्कन सकिरहेका छैनन् ।

अस्पतालहरुमा चिसोका विरामीहरु बढेका छ । जिल्ला अस्पताल सिरहाका प्रमुख चुमनलाल दासका अनुसार जिल्लाका सवैजसो निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेको जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after