सफा दूग्ध उत्पादन तथा विविधिकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न

बिरगंज । काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा  पर्सा जिल्लाको बिरगंजमा तीन दिने “ग्राहक सदस्यहरुको लागि सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिम” सम्पन्न भएको छ ।

उक्त तालिममा पर्सा जिल्लाका परवानीपुर र बिरगंज तथा बारा जिल्लाका प्रसौनी र कलैया शाखाका २५ जना ग्राहक सदस्य तथा अभिभावहरुको सहभागी रहेको थियो ।

बैंकले आफनो ग्राहक सदस्यहरुको सहभागितामा सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिम संचालन गरेको बैंकका बिरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख बिष्णु प्रसाद पराजूलीले जानकारी दिए ।

तालिममा निर्धन उत्थान बैंकका ग्राहक सदस्यहरुले दुधको बनावट, चारित्रिक गूण तथा यसको महत्व, सफा दुग्ध उत्पादन र दुधको गूणस्तर परीक्षण गर्ने विधिहरु, दुधको उत्पादन लागत घटाउने उपायहरु, दुध तथा दुग्ध पदार्थको न्युनतम गूणस्तर बारे जानकारी, सफा दुग्ध उत्पादनमा डेरी उपकरणको सरसफाईको महत्व, क्रिम सेपरेसन बारेमा जानकारी, पाश्चूराईजेशन, ब्याच पाश्चूराईजेशन र प्याकेजिङ्ग बारेमा जानकारी, मख्खन, नौनी, बटर र घीउ उत्पादन विधि, दुध तथा दुग्ध पदार्थको भण्डारण गर्ने बारे जानकारी, विभिन्न क्षमताका दुग्ध ब्यवसायको लागि आवश्यक मेशिनरी, औजार तथा लागत मूल्य, खुवा र आईसक्रिम उत्पादन प्रविधि, लस्सी उत्पादन प्रविधि, जिरा मोही बनाउने विधि, गुँदपाक उत्पादन प्रविधि र पुष्टकारी उत्पादन प्रविधि, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, निर्धन उत्थान बैंक लिमिटेडका सेवाहरु (कर्जा, बचत, बिमा, विप्रेषणको बारेमा जानकारी हासिल गर्ने डा. ईन्द्र नारायण शाहले बताए ।

कार्यक्रममा अधिकृत अजिमूल्ला दर्जीले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउका साथै एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएका थिए ।

बैंकले साढे दूई दशकदेखि निरन्तर लघूवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका बिरगंज क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत अजिमूल्ला दर्जीले बताएका थिए ।

बैंकले देशभरीका १७८ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८९ वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघूवित्त सेवा पू¥याई रहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ ।

यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको ५ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्रँहकहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।

यो निर्धन उत्थान बैंक शाखा संञ्जालको हिसाबले देशको दोश्रो ठुलो बैंक बन्न पुगेको छ ।बैंकले २०७४ मंसिर मसान्तसम्ममा ३,०१,५३१ घरपरिवारहरुमा सेवा पू¥याई रहेको छ, बैंकले २०७४ मंसिर मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १३ अर्ब १९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अर्ब ४ करोड बचत परिचालन गरेको छ ।

यस सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिम नौलो किसिमको तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए । यस तालिममा गई तथा भैंसीपालन गरेका बैंकका ग्राहक सदस्यहरुलाई सहभागी गराईएको बैंकका क्षेत्रीय प्रमुख  बिष्णु पराजूलीले जानकारी गराएका थिेए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after