news

इलाम १ मा झलनाथ खनाल र २ सुवासचन्द्र नेम्बाङ विजयी

इलाम । इलाम क्षेत्र नम्बर १ मा  नेकपा एमालेका झलनाथ खनाल  विजयी भएका छन्। उनले ३६८०७ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेल  १९६३७ मत प्राप्त गरे। यस्तै, इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। उनले ३६५१४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका केशव थापा २६८६० मत प्राप्त गरेका छन्।  

पुरा पढ्नुहॊस »

म्याग्दीमा एमालेका भुपेन्द्र थापा निर्वाचित

म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् । थापाले २३ हजार ३०८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत ल्याएका हुन् ।  

पुरा पढ्नुहॊस »

काठमाडौं ४ मा राजन भट्टराईको अग्रता

काठमाडौं । प्रतिनिधी सभा  काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक नतिजामा वाम गठबन्धनको तर्फबाट एमालेले अग्रता  लिएको छ।एमाले उम्मेदवार राजन भट्टराईले १२ सय ३९ मत ल्याएका छन् भने कांग्रेसका गगन थापाले १०४१ मत प्राप्त गरेका छन्।  भट्टराई गगन थापा भन्दा १ सय ९८ मतले अगाडि छन्।

पुरा पढ्नुहॊस »

टिप्पर दुर्घटना हुँदा चालकसहित दुई म्यादी प्रहरीको मृत्यु

काठमाडौं ।  चुनाव सकेर  हेटौंडा फर्कँदै गरेको टिप्पर शुक्रबार दुर्घटना हुँदा चालकसहित दुई म्यादी प्रहरीको मृत्यु भएको छ ।मृत्युमा हुनेमा टिप्पर चालक ५० वर्षीय शेरबहादुर गोपाली र म्यादी प्रहरीहरु सविना बर्तौला र लक्ष्मी स्थापित रहेका छन् । भिमफेदी गाउँपालिका-२ अन्तर्गत त्रिभुवन राजपथको चुनियामा ना ३ ख ५९१८ को टिप्पर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

काठमाडौं १ को मतगणना रोचक बन्दै प्रकाशमान पहिलो ,रविन्द्र मिश्र दोस्रो

काठमाडौं । काठमाडौं १ को मतगणनाको सुरुवाती परिणाम रोचक बन्दै  गएको छ ।शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्र दोस्रोमा छन् । कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रले  ६७० मत ल्याएका छन् ।दुईवीचको मतान्तर २६६ रहेको छ ।

पुरा पढ्नुहॊस »

पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता

पाँचथर ।  प्रतिनिधी सभा पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता  बसन्त नेम्वाङले अग्रता  लिएका  छन् ।नेम्वाङले ८९८३ मतका साथ अगाडि छन् भने कांग्रेसका भीष्मराज आङदम्बेले ६६७७ मत पाएका छन् ।नेम्वाङ  २ हजार भन्दा बढी मतले अगाडि छन् ।   पाँचथरमा प्रतिनिधी सभा सदस्य तर्फको मतगणना सकिएपछि मात्र प्रदेशसभा तर्फको मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।  

पुरा पढ्नुहॊस »

बाबुराम र नारायणकाजीबीच कडा टक्कर

गोरखा ।  गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा  उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ । ७ हजार ६ सय २२ मत गन्दा भट्टराई २०७ मतले अघि छन्  उनले ३ हजार ६ सय ७३ मत पाएका  छन् भने श्रेष्ठले ३ हजार ४ सय ६६ मत पाएका छन् । मतपरिणामको टक्करले मतगणना रोचक बन्दै गएको छ ।

पुरा पढ्नुहॊस »

मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी

बेनी ।  हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए। त्यस्तै, प्रदेशसभामा क्षेत्र ख मा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

डडेल्धुरा। डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । हरिहरपुरगढी गाउँपालिका ७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्षित गरी बम विस्फोट गराइएको थियो । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

काठमाडौंमा भूकम्पको धक्का

काठमाडाै । काठमाडौंमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ ।  विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।  

पुरा पढ्नुहॊस »
This will auto close after