news

बम अाक्रमणमा घाइते गगन थापाको शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । बम विस्फोट हुँदा गगन थापा  सहित ११ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो। थापासहित ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ।  विस्फोटमा परेका थापाको ढाडमा छर्राले चोट लागेको छ ।

पुरा पढ्नुहॊस »

गगन थापा माथि बम आक्रमण

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण भएको छ । काठमाडौं ४ का उम्मेदवार थापा घरदौलोमा रहेका बेला   बम विस्फोट भएको हो । बम विस्फोट हुँदा गगन थापा  सहित ७ कार्यकर्ता घाईते भएका छन् । विस्फोटमा परेका थापाको ढाडमा छर्राले चोट लागेको छ ।थापासहित सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ ।

पुरा पढ्नुहॊस »

तनहुँमा पेस्तोलसहित ३ जना पक्राउ

पोखरा ।  तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलीसहित स्थानीय ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्याग्जिन, ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको इटालियन पेस्तोल १ थान, …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित

काठमाडौं । एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित भएको छ । बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्धारा सन् २०१७ को गौरवपूर्ण उक्त सम्मान प्रदान गरिएको छ । एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी साझेदारका रुपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज् (जिएबिभि) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको बैंकले जनाएको छ । हालै लण्डनमा आयोजित अवार्ड वितरण समारोहमा एनएमबि बैंकका …

पुरा पढ्नुहॊस »

जनता बैंकले १४.४० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । जनता बैंकले सेयरधनीलाई १४.४० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १ अर्ब ७० लाख ९१ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

संघीय फोरमका कार्यकर्ता चढेको जिप दुर्घटना, चालकको मृत्यु

रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटको बौधिमाइ नगरपालिका ८ भकुवा खोलामा खस्दा चालक गोपालराय यादवको मृत्यु भएको छ ।  दुर्घटनामा परी ६ जना  घाइते भएका छन् । रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साह घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा जिप दुर्घटनामा परेको थियो । घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

ज्यापु दिवस र उधौली पर्व मनाइँदै

काठमाडौं ।  हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्छन् । यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् । योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मा

काठमाडौं ।  ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैकिङ्ग सेवा बैतडी र बझाङ्मामा विस्तार गरेको  छ  ।बैतडी जिल्लाको पाटन नगरपालिका १० ठाटामा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुन बहादुर कुवँरलाई र  बझाङ्ग जिल्लाको बित्थडचौर गाउँपालिका १, बित्थडमा सुरु गरिएको सेवाको स्थानिय नर बहादुर बोहरालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त …

पुरा पढ्नुहॊस »

आँधी र भीषण बर्षाबाट भारतमा आठको मृत्यु

नयाँ दिल्ली। भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाबाट आठको  ज्यान गएको बताइएको छ । सो आँधीका कारण  १०० भन्दा बढी नागरिक हराएर बेपत्ता भएका छन्।बिहीबार रातिदेखि नै  हावाहुरी  र भीषण बर्षा आएको  थियो । तामिन नाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा सो  आँधीले ठूलो असर गरेको छ । संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि    सो आँधीको ठूलो प्रभाव परेको बताइएको छ । सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन …

पुरा पढ्नुहॊस »

इलाममा निर्वाचन विरोधी १२ जना पक्राउ

इलाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् । यस्तै पक्राउ पर्नेमा भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम नगरपालिका–५ की ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका–११ का …

पुरा पढ्नुहॊस »
This will auto close after