चितवन । चितवनमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा २३ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३८३ नम्बरको बस शुक्रबार बिहान २ः३० बजे इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



