काठमाडौं । बडादशैँको आज दशौं दिन आज शुक्रबार मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी विजयादशमी मनाइँदैछ ।
दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो ।
आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ । देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टीका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ।
यस वर्षको बडादशैंको साइत आज बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
शुक्रवार विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । यसपछि बिहान ९ बजेर ५१ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले बताएको छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिले बताएको छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।
यॊ पनि हेर्नुहॊस
सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …
प्रतिकृया दिनुहॊस