काठमाडौं । हिमालय एअरलाइन्सले चीनबाट पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । जनवादी गणतान्त्रिक चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको होे ।
हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउनेछ ।
चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एअरलाइन्स हो ।
२०७५ कात्तिक १ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान भरेको यस एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ः०५ मा अवतरण गरेको थियो ।
२०७५ कात्तिक २ गते चोङकिङबाट हिमालय एअरलाइन्सको जहाजले स्थानीय समय रातको १२ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ः५५ मा अवतरण गरेको थियो ।
यॊ पनि हेर्नुहॊस
एनपीएलका खेलहरु एक्सन स्पोर्ट्समार्फत् युट्युबमा हेर्न सकिने
काठमाडौँ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन …
प्रतिकृया दिनुहॊस