कोरोना भाइरसको कारण विगत ४३औं दिन देखि काठमाडौं लगायत नेपाल पुर्णतय ठप्प छ । अत्यावश्यक सवारी साधन तथा अत्यावश्यक सेवामा खटिएका व्यक्ति वाहेक सडकमा अन्य कसैको उपस्थिति र चहलपहल देखिदैन ।
यहि कारण काठमाडौंको प्रदुषणको मात्रा कम भई वातावरण स्वच्छ देखिएको छ । अझ पश्चिमी वायुको प्रभाव तथा पुर्वी भु-भाग नजिकै बनेको न्युन चापिय क्षेत्रको प्रभाव लगायतका कारणले केहि दिन देखि परिरहेको झरिले गर्दा हावामा रहेको धुलोलाई बगाएर वातावरण झनै सफा र सुन्दर भएको छ । काठमाडौं शहरको यहि स्वच्छतालाई हामीले हाम्रो क्यामेरामा कैद गरेका छौं ।
हेर्नुहोस् सुन्दर काठमाडौंका केहि तस्वीरहरु
#Photo by► Rashmi Mahat
प्रतिकृया दिनुहॊस