भर्जिनिया कार दुर्घटनामा ज्यान गुमाउने दुई नेपालीको परिचय खुल्यो

काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ ।

२२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको खुलेको छ । कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन् । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ । कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पश्चिम नेपाल जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमण गर्ने भएका छन् । पूर्वराजा शाह …

प्रतिकृया दिनुहॊस