ढाड दुख्ने समस्या छ भने यी हुन् कम गर्ने घरेलु उपायहरु

काठमाडौं । तनावपूर्ण जीवन, यात्रा, बर्कआउट लगाएतका कृयाकलायले सामान्य स्वास्थ्य समस्याका कारण बन्दछन् । स्वास्थ्यको सवाल भएकाले यसको समयमा नै समाधान खोजिएन भने भविष्यमा भयानक परिणाम देखा पर्न सक्दछ ।

आजभोलि एउटा उमेर पछि ढाड दुख्ने समस्या धेरै जसोमा देख्न सकिन्छ । चाहे शहरमा बसेर कार्यालय जनाए हुन् या गाँउमा बसे खेति किसानी गरेर बस्ने हुन् सबैमा ढाड दुख्ने समस्या आउने गरेको पाइएको छ । हामीले यँहा ढाड दुख्नबाट कम गर्न सकिने केहि घरेलु उपायको चर्चा गर्न खोजेका छन् ।

तपाइँलाई यी उपाय सहयोगी हुन् सक्दछन् ।
१. नरिवलको तेललाई भाँडामा राख्नुस् र यसलाई ५ मिनेट जती तताउनुस् । तताइसकेपछि एक बन्द बोतलमा राख्नुस् । शुरुमा हप्तामा दुई पटक राती सुत्नु अगाडि ढाडमा मालिस गर्नुहोस् ।

२. मनतातो पानीको बाल्टीनमा केहि थोपा तेल राख्नुस्, यसरी तयार पारीएको पानीले नुहाँउदाँ तपाईको ढाड दुखाइ कमगर्न सहयोग गर्दछ । यति मात्र होइन, तपाई तनाव मुक्त पनि महसुस गर्नु हुनेछ ।

३. जब तपाई केहि समय टिभी हेर्दै हुनुहुन्छ भने, पछाडि तातो पानीको भाँडा वा तातो वस्तुमा अड्डिनुस्, यसले पनि तपाईका ढाड दुखाइमा कमी ल्याउने छ । तातो वस्तु पछाडि प्रयोग गर्दा तपाईलाई सजिलो भएको महसुस हुनेछ ।

४. नुहान जानु अघि एक घण्टा जति तोरीको तेलले ढाड मालिस गर्नुहोस् । यसो गर्नाले तपाइलाई तातोपानीको बाफ लिएक ओजस्तो अनुभूति हुनेछ र ढाड दुखाई छ भने यसले कम गर्ने छ ।

५. तातो दुधको गिलासमा हल्का खरानी र महपनि राखनुहोस्। यसलाई नियमीत रुपमा प्रयोग गर्न सक्नु भयो भने तपार्यको ढाड, घाँटीको दुखाइ र चिसोबाट पनि बच्न सकिन्छ।

६. चिया पिउदाँ अदुवाको प्रयोग गर्नुस्, यसले पनि तपाईको ढाडको समस्या कम गर्न सहयोग गर्दछ ।

-एजेन्सीहरुको सहयोगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस