फेरि घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ । साताको सुरुवातमा बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस