फेरि घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ । साताको सुरुवातमा बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री