बारामा मास्क नलगाउने एक हजार ९३३ जना कारवाहीमा

बारा । सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई बारा प्रहरीले कारवाही गर्ने गरेको छ । मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै जरिवाना समेत तिराउने गरेको हो ।

बारा प्रहरीले हालसम्म एक हजार ९३३ जनालाई कारवाही गरिसकेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

मास्क नलाईकन बजार क्षेत्रमा निस्केका एक हजार ९३३ जनालाई जनही एक सय रुपियाँ जरिवाना तिराउनुका साथै प्रहरीले दुई हजारभन्दा बढी मानिसलाई माक्स समेत बितरण गरेको प्रहरीले जनाएको छ ।

बारा प्रहरीले करिब पाँच हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका अधिकांशलाई माक्स अनिवार्य लगाउनु पर्ने विषयमा सम्झाई–बुझाई छाडिएको छ ।

गृह मन्त्रालयले असार २२ गते माक्स नलगाई घर बाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र माक्स बिना बाहिर हिँडडुल गर्ने माथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारवाही गर्न निर्देशन दिएको हो ।

माक्स नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने गरी परिपत्र गरे अनुसार कारवाही गर्ने क्रम जारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

लकडाउनलाई स्वास्थ्य माप दण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिए पनि सर्वसाधारण सहिँत सरकारी , निजी तथा गैरसरकारी संघ–संस्था र कार्यालयले यसको उल्लंङ्घन गरेकाले तत्काल कडाईका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउँन गृहले निर्देशन दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस