माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का

काठमाडौं । माछापुच्छ्रे बैंकले अभिनेत्री  स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास बैंकले लिएको छ ।

२० बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउदाँ आफुलाई खुसी लागेको बताउँदै नायिका खड्काले आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस