नेपाल लाइफको कार्यवाहक सिइओमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक सिइओमा सन्तोष प्रसाइ नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल सकिएपछि  उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् ।

प्रसाईले आज साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध रहेका छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री