भोडाफोनको यूरोपियली बजारमा ओपोका ब्यापक उत्पादनको बजारी करणका लागि दुई कम्पनीबीच सहकार्यको सम्झौता

काठमाडौं ।ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राउन बिस्तृत सहकार्यको घोषणा गरेको छ ।

यसको थालनी मे २०२०देखि हुने जानकारी दिइको छ । नवप्रबर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभ जी प्रविधिका ज्ञाता ओपोको बार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियन भन्दा बढी रहेको छ ।

ओपो र भोडाफोनबीचको यो सहकार्यले उपभोक्तालाई अझ ब्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तरराष्ट्रिय बजारमा फाइभ जी एडप्सनमा तेवा तथा थप तिब्रता प्रदान गर्ने निश्चित छ ।

भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि उद्योगकै अग्रणी फाइभ जी फ्ल्याग शिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरु उपलब्ध गराइने छ ।
सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरु जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानलमार्फत उपलब्ध गराउने छ ।

यो ग्लोबल पार्टनर शिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दुवै कम्पनीले संयुक्तरुपमा सटिक पहलहरु गर्नेछन् ।

ओपोले आफ्ना उत्पादनहरु अधिकमरुपमा ईन–हाउस गर्ने गरेको छ । साथै, कम्पनीकाधेरै जसो उत्पादन केन्द्रहरु साधारणरुपमा सञ्चालनमा आइसकेको छ ।

फिजिकल रिटेलमाहाल कठिनाइ रहेको अवस्थामा दुवै कम्पनीहरु अनलाइन विक् रिच्यानल विकासका लागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन प्रयत्नरत छन् । क्रम बद्धरुपमा बन्देजहरु खुकुलो गरिँदै लैजाँदा भोडाफोनसंग सहकार्य गर्दै आफ्ना कर्मचारी तथा उपभोक्ताको सुरक्षार्थ ओपो र भोडाफोन विशेष सजगता अपनाउने छ ।
यही मे महिनादेखि ओेपोका विभिन्नउत्पादनहरु भोडाफोन मार्फत जर्मनी, यूके, स्पेन, पोटूृगल, रोमानिया, टर्की र नेडरल्यान्ड्समाउपलब्ध गराउँदै लगिने छ ।

ओपो र भोडाफोन मार्फत अन्य देशमाउपलब्ध गराइने उत्पादनहरुकाबारेमाथपजानकारी विस्तारै प्रवाहितगरिने जानकारी दिइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस