विदेशमा रहेका नेपालीलाई लक्षित गरेर कांग्रेसको ‘रेस्क्यु एप’

काठमाडौं । विदेशमा रहेका नेपालीलाई लक्षित गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रेस्क्यु एप र वेव सार्वजनिक गरेको छ।

नेपाली कांग्रेसले विदेशमा अप्ठ्यारोमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्न उक्त एप सार्वजनिक गरेको हो  ।

विश्वभर नेपालीहरु नेपाल आउन चाहानेहरुको तथ्यांक संकलन गर्न, संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकता आधारमा राहत व्यवस्थापन र उद्वार गर्न नेपाल सरकारलाई सहयोग र दबाब पुर्‍याउने एप सार्वजनिक गरेको कांग्रेसले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री