स्कूलबाटै बालिका अपहरण: ३ घण्टामा उद्दार

भक्तपुर । आफ्नै मामाको छोराले आइतबार स्कुलबाटै ६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्ने २० वर्षीय आशिष थापा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

आइतबार दिउँसो सवा १२ बजे मध्यपुरथिमिको ग्लोरि इङ्लिस स्कुल पुगेर युकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) लाई अभिभावक हुँ भन्दै आशिषले मोटरसाइकलमा हालेर लगेको ४ घण्टापछि बालिकाको सकुशल उद्धार गरिएको छ भने अपहरणकारी पक्राउ परेको उनले जानकारी दिए ।

आफूले चिनेकै मान्छे स्कुलमा लिन आएपछि बालिका पनि सहजै गएको र अपहरणकारीले मोटरसाइकलमा बालिकालाई लगेर सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पुर्‍याइ करिब ३ बजे बालिकाको बाबुलाई फोन गरी छोरी आफ्नो कब्जामा रहेको १६ लाख नदिए जे पनि हुनसक्छ भनेर धम्की दिएपछि बालिका अपहरणमा परेको खुलासा भएको थियो ।

बालिकाको बाबुले प्रहरी वृत्त थिमिमा छोरी अपहरणमा परेको खबर गरेपछि प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौँको टोलीले बालिकाको खोजी तीव्र पारेको थियो ।

अपहरणकारीको मोबाइल लोकेशनको आधारमा प्रहरीले सूर्यविनायक जङ्गल केन्द्रित भएर खोजी गर्ने क्रममा अपहरणकारी थापाले फिरौती वापतको रकम थिमिमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेपछि बालिकाको परिवार भाटभटेनी सुपरमार्केट पुगेको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी जानकारी दिएको छ ।

रकम लिन भनेर आएका थापालाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको र मोटरसाइकलमा सवार भई अपहरणमा सघाउने अर्का एकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस