काठमाडाैं । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ ।
स्थानीय समय अनुसार दिउँसो २:३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ । प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो ।
गोली लागि मृत्यु हुनेमध्ये १५–बर्षीय किशोर र एक वयस्क पुरूष रहेका छन् । घाइते एक नावालक र वयस्क पुरूषको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले करिब १३ राउण्ड गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए। आक्रमणबारे अनुसन्धान भइरहेको बताइको छ ।
अहिलेसम्म घटनामा सम्लग्न भएको आरोपमा कसैलाई पक्राउ गरिएको छैन । आक्रमणको कुनै समूहले जिम्मेवारी लिइनसकेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
तपाईंको प्रतिकृया



