अब डेरा सर्दा र छोड्दा प्रहरीलाई जानकारी गराउनुपर्ने

काठमाडाैं । काठमाडौं उपत्यकामा घरधनीले डेरामा बस्नेको विवरण प्रहरीलाई बुझाउनुपर्ने भएको छ । सुरक्षाको दृष्टिकोणले प्रहरीले यस्तो नियम कार्यान्वयन गर्न लागेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

चिनियाँहरू काठमाडौंमा ठूला घरहरू भाडामा लिएर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएको खुलेपछि गृहले यस्तो निर्णय गरेको हाे । निर्णयसहितको निर्देशन प्राप्त भइसकेको र त्यसलाई कार्यान्वयन गरिने प्रहरी प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले बताए  ।

जसअनुसार डेरावालको परिचय खुल्ने कागजसहितको विवरण स्थानीय प्रहरी कार्यालयमा बुझाउनुपर्ने हुन्छ । प्रहरीहरूलाई आफ्नो क्षेत्रमा विवरण संकलन र अद्यावधिक गर्नसमेत निर्देशन दिइएको छ । गृहको निर्णयअनुसार कसैले डेरा छाडेमा समेत प्रहरीलाई जानकारी गराउनुपर्ने हुन्छ ।

विगतमा पनि प्रहरीबाट डेरामा बस्नेको विवरण राख्ने प्रयास भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अहिले पनि सर्वसाधारणले कसरी विवरण बुझाउने भन्ने प्रस्ट मापदण्ड छैन । यससम्बन्धी मापदण्ड बनाइने प्रहरी प्रवक्ता क्षेत्रीको भनाइ छ । विवरण नबुझाएको अवस्थामा डेरावाला कुनै अपराधमा संलग्न भए घरधनीलाई समेत मतियारका रूपमा कारबाही गर्ने प्रहरी तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डान्सबारको पाँचौ तलामा बाहिरबाट ताला लगाएर तास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको …

प्रतिकृया दिनुहॊस