यस वर्ष धान उत्पादन घट्ने

काठमाडौं । समयमा पानी नपर्दा यस वर्ष धानको उत्पादन घट्ने भएको छ । असारको तेस्रो सातासम्म पनि पानी नपरेका कारण यसवर्ष धान रोपाई नै घटेको छ । कृषि मन्त्रालयका अनुसार साउन १८ गतेसम्म ८६ प्रतिशत मात्रै रोपाई भएको छ । अघिल्लो वर्ष यही समयमा ८९ प्रतिशत रोपाई भएको थियो । यसवर्ष धान उत्पादन घट्ने विश्लेषण भइरहँदा, त्यसको परिपूर्तिका लागि सरकारको तयारी भने देखिएको छैन । साउन महिनाभरी धान रोंपाई हुने भएकाले तथ्याङ्क बढ्न सक्ने सरकारको अपेक्षा छ ।

तर समय घर्किएपछि रोपिएको धानले राम्रो उत्पादन नदिने कृषि विज्ञ बताउँछन् । धानको उत्पादन घट्ने आँकलन भएपनि कति उत्पादन घट्छ भनेर अध्ययन भइनसकेको कृषि मन्त्रालयका सह प्रवक्ता डा. प्रदिपचन्द्र भट्टराईले बताए । हाल २५ प्रतिशत खेतियोग्य जमिनमा सिँचाइमार्फत् रोपाइ हुने गरेको छ । बाँकी खेतियोग्य जमिनमा रापाईका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । सरकारले सिँचाई सुविधा बढाउन नसके हरेक वर्ष धान उत्पादन घट्ने कृषि विभागका महानिर्देशक सुर्य प्रसाद पौडेलले बताए । पछिल्लो तथ्याङ्क अनुसार प्रदेश १ मा सबैभन्दा कम ८० प्रतिशत धान रोपाई भएको छ ।

धान उत्पादनको हिसावले महत्वपूर्ण प्रदेश २ मा पनि ८२ प्रतिशत मात्रै रोपाई सकिएको छ । मौसम र बदलिंदो जलवायु परिवर्तनको अवस्थालाई हेरेर नार्कले धानका नयाँ जातसँगै अन्य खाद्यान्नको उत्पादन बढाउने खालका कार्यक्रम ल्याएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख सवनम शिवाकोटीले जानकारी दिए । स्थानीय सरकारहरुले केन्द्रसँग समन्वय गरी यस्ता जानकारी किसानलाई दिनुपर्ने उनले बताए। गतवर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन हुँदा झण्डै ५ लाख मेट्रिकटन धान अपुग भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस