काठमाडौँ । ओखलढुंगाको तिलागुफा नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । जिल्लाको पूर्वी क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउन समस्या भएपछि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो । राजश्व छुट सहित १२ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको नगरपालिकाका उपमेयर दन्ता नेपालीले बताए ।
खरिद गरिएको एम्बुलेन्स नगरपालिकाको मातहतमा सञ्चालन हुने उनले बताए । नगरपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने नगरपालिकाले बताएको छ । कति प्रतिशतसम्म छुट दिन सकिन्छ भन्नेबारेमा कार्यपालिकाको बैठकमा निर्णय हुनेछ ।
कालिकोटको एकमात्र जिल्ला अस्पतालमा विगत केही महिनादेखी एम्बुलेन्स विहिन बनिरहँदा विकट मानिने तिलागुफा नगरपालिकाले जनप्रतिनिधि चढ्ने सवारी साधनभन्दा पनि जनताको हितका लागि भन्दै एम्बुलेन्स खरिद गरेको हो ।
तपाईंको प्रतिकृया




