एलआईसीको एजीएम साउन २४ गते, ३५ % नगद लाभांस र ३४ % बोनश सेयर वितरणको प्रस्ताव पारित गर्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड (एलआईसी) को १७ औँ वार्षिक साधारण सभा(एजीएम) साउन २४ गते हुने भएको छ । नेपाल पुलिस क्लबको सभाहल भृकुटीमण्डप प्रदर्शनी मार्गमा बिहान ९ः३० बजेबाट साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३५.५३ प्रतिशत(५३ करोड १२ लाख २५ हजार ९६० रुपैयाँ) नगद लाभांशको प्रस्ताव पारित गर्ने जनाइएको छ ।

साथै सेयरधनीहरुलाई चुक्ता पूँजीको ३४.४६ प्रतिशत( ५१ करोड ५१ लाख ६१ हजार २०० रुपैयाँ बरावरको) बोनस सेयर वितरण गर्ने प्रस्तावपनि पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपैयाँ रहेको छ ।

कम्पनीको नियमावली नियम ६ मा १ जना स्वतन्त्र सञ्चालक र कम्तीमा १ जना महिला सञ्चालक सहित ६ जना सञ्चालक रहने संसोधन प्रस्ताव पारित गर्ने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds