कामना सेवा विकास बैंकको दुई शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले  प्रदेश १ को मधुमल्ला र केराबारीमा शाखा विस्तार गरेको छ ।

प्रदेश नं. १ को मोरङ जिल्लाका मिक्लाजुङ्ग गाउँपालिका वडा न. ९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा आफ्नो ९०औंर ९१औशाखा कार्यालय स्थापना गरि कारोबारको सुरुवात गरे ।

बैंकका संचालक देवकृष्ण काफ्ले र प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार सुरु गरेका हुन् ।

सोही क्रममा संचालक देवकृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्रपूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवद्र्धनमा पनि गति मिल्ने बैंकले विश्वास रहेको बताए ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस