काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश १ को मधुमल्ला र केराबारीमा शाखा विस्तार गरेको छ ।
प्रदेश नं. १ को मोरङ जिल्लाका मिक्लाजुङ्ग गाउँपालिका वडा न. ९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा आफ्नो ९०औंर ९१औशाखा कार्यालय स्थापना गरि कारोबारको सुरुवात गरे ।
बैंकका संचालक देवकृष्ण काफ्ले र प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार सुरु गरेका हुन् ।
सोही क्रममा संचालक देवकृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्रपूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवद्र्धनमा पनि गति मिल्ने बैंकले विश्वास रहेको बताए ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
प्रतिकृया दिनुहॊस