यी हुन् नेपालको व्यापार घाटा बढाउने विलासी वस्तु

काठमाडाैं – ‘समृद्ध नेपाल’को लक्ष्य लिएको दुई तिहाइ बहुमतको सरकारले हरेक दिन बढिरहेको व्यापार घाटा नियन्त्रण गर्न नयाँ नीति लिनु पर्ने सुझाव विज्ञहरूले दिएका छन् । अर्थशास्त्रीहरूले निश्चित विलासी वस्तुको आयातमै रोक लगाउन ढिलो गर्न नहुने बताएका छन् ।

चालू आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा साढे पाँच खर्ब रुपैयाँ नाघेपछि उनीहरुको त्यस्तो सुझाव दिएका हुन् । निर्यातको तुलनामा आयातको आकार निकै बढ्दै गएपछि राष्ट्र ब्याङ्कले विदेशी मुद्रा सटही लगायतमा कडाइ गर्न थालेको छ ।

कसरी बढ्दैछ व्यापार घाटा?
बीबीसीले उल्लेख गरेअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा ४ खर्ब १८ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । यस वर्षको सोहि अवधिमा त्यो बढेर ५ खर्ब ६९ अर्ब पुगेको छ । छिमेकी मुलुकले विलासी वस्तुमा रोक लगाएको उदाहरण दिँदै नेपालले पनि त्यसको अनुसरण गर्नुपर्ने बताउँछन् अर्थशास्त्री केशव आचार्य ।

उनले भने, “श्रीलंका र भारतले व्यापार घाटा कम गर्न सुन र मोटरकारको आयातमा बन्देज लगाइदिएका थिए। नेपालले पनि त्यसै गर्नु पर्दथ्यो ।” नेपाल राष्ट्र ब्याङ्कका अनुसार पेट्रोलियम पदार्थ र मोटर गाडीदेखि दैनिक उपभोग्य चामलको आयातसम्म बढिरहेको छ । पेट्रोलियम पदार्थको आयात गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा यो आवको पाँच महिनामा २५ अर्ब रुपैयाँले बढेको छ ।

ब्यापार घाटा बढाउने विलासी सामान के के होलान्?
मोटर गाडीको आयात पनि बढिरहेको बताइन्छ । त्यतिमात्र कहाँ हो र – आयात हुने र परनिर्भरता बढाउने सामानको सूचीमा दैनिक खाइने चामल पनि थपिएको छ । कुनै समय थियो जतिबेला नेपाल धान र चामलमा आत्मनिर्भर थियो ।

अब समय बदलियो। महङ्गो विदेशी सामान खाने चलन बढ्दो छ । त्यसले आयात पनि बढेको छ । सो ब्याङ्कका अनुसार चामलको आयातमा ३९ प्रतिशतले वृद्धि भएको छ र ४८ अर्ब रुपैयाँ भन्दा बढिको मोटर गाडी भित्रिएको उनले बताए । यसको तुलनामा जम्मा ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको निर्यात भएका कारण चालू आर्थिक वर्षको पाँच महिनामा देशको सोधनान्तर घाटा करिब ८५ अर्ब रुपैयाँ पुगेको छ ।

तर अझै आत्तिनु पर्ने अवस्था नरहेको राष्ट्र व्याङ्कका एक अधिकारी बताउँछन् । विलासी वस्तुको आयात रोक्ने विषय समय समयमा उठ्ने गरेको छ । तर त्यस्ता वस्तुप्रति निर्णयकर्ताहरूकै मोह रहेको र व्यवसायीहरू हावी भएका कारण सरकारले यस्तो निर्णय लिन नसकेको कतिपय आलोचकहरूको भनाइ पाइन्छ ।

तर नेपालमा उत्पादन नहुने विलासी वस्तुमा रोक लगाउन व्यवहारिक कठीनाइ देख्नेहरूले खुला बजार नीति र कतिपय मित्र राष्ट्रहरूको स्वार्थ पनि त्यसमा बाधक भएको ठान्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस