कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ । चिकित्सालय ‘भान्साघर औषधालय’ कार्यक्रममार्फत स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको हो ।

हालै काठमाडौंको तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा कक्षाहरु सम्पन्न गरिएका छन् । गत भदौदेखि ३ पटक सञ्चालन गरिएको कार्यक्रममा १ ५३ जनाको सहभागीता रहेको थियो । नागरिकहरूले आफ्नो घर तथा भान्सामा उपलब्ध हुने जडिबटीहरु औषधिका रूपमा प्रयोग गरुन् भन्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरी आमासमूहको विवरण तयार गरी आमा समूहका सदस्यहरुका लागि कक्षा सञ्चालन गरिएको थियो ।कार्यक्रममा आफ्नो घर तथा भान्सामा उपलब्ध हुने विभिन्न जडिबुटीहरुलाई औषधिका रूपमा प्रयोग गर्ने विषयमा कक्षा सञ्चालन गरी छलफल समेत गरिएको छ ।

कक्षा सञ्चालनका विषयहरु :-

  • बजारमा पाइने भ्रमात्मक विज्ञापनको आकर्षणमा परेर आफैं औषधी किनेर सेवन गर्ने बानी नगरौं।आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीहरुसँग परामर्श गरेर मात्र औषधी सेवन गरौं ।
  • आयुर्वेदिक औषधीहरुले पनि शरीरलाई हानि गर्न सक्छन् । तसर्थ कुनै पनि स्वास्थ्य समस्या भएमा चिकित्सक वा स्वास्थ्यकर्मीसँग सल्लाह गरेर सही तरिकाबाट मात्र औषधीको सेवन गरौं।विश्वसनीय फार्मेसी अथवा औषधी निर्माण कम्पनीबाट बनेको औषधी मात्र सेवन गरौं।अनावश्यक औषधीको सेवन नगरौं ।
  • कुनै पनि औषधी जति पुरानो उति राम्रो भन्ने विश्वासमा परेर धेरै दिन सम्म खुल्ला रहेका, म्याद नाघेका तथा गन्ध एवं स्वाद परिवर्तन भएका औषधीहरुको प्रयोग नगरौं ।
  • आयुर्वेद औषधीहरु प्रयोग गर्दा खानपानलाई पनि ध्यान दिऔं । अम्लपित्त, मधुमेह, वातरोग, उच्च रक्तचाप आदि रोगहरुमा आहारविहारलाई ध्यान नराखी औषधी सेवन गर्दा प्रभावकारी हुँदैन।
  • कुनै पनि बिरामीलाई उसको रोग के हो ? रोगको कारण के हो ? औषधी के खाइरहेको छु ? कति मात्रा खाने ? कसरी प्रयोग गर्ने ? भन्ने प्रश्नको जवाफ पाउने अधिकार हुन्छ ।यी विषयमा चिकित्सकसँग जान्ने प्रयास गरौं । केवल विश्वासको भरले मात्र औषधी सेवन नगरौं ।स्वस्थ रहनका लागि आफ्नो अधिकारको साथसाथै कर्तव्यप्रति पनि सचेत होऔं ।
  • औषधीको प्रयोग गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको सल्लाहमा कति मात्रामा, कुन-कुन समयमा कति पटक, कति समयसम्म, केसँग र कसरी खाने वा प्रयोग गर्ने भन्ने बुझेर मात्र प्रयोग गरौं ।
  • औषधीको प्रयोग गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको सल्लाहमा कति मात्रामा, कुन-कुन समयमा कति पटक ,कति समयसम्म , के सँग र कसरी खाने वा प्रयोग गर्ने भन्ने बुझेर मात्र प्रयोग गरौं ।
  • नीम, दुबो, घोडटाप्रे, पुनर्नवा, गोखुर, भृङ्गराज, पाषाणभेद, बोझो, तुलसी, घिउकुमारी, कुश, पुदिना, गुर्जो जस्ता औषधीय गुण भएका जडिबुटी हुन् ।ठाउँ र हावापानी अनुसार उपयुक्त हुने बिरुवाहरु आफैंले लगाऔं।यी आय आर्जनका लागि पनि महत्वपूर्ण हुन्छन् । सचेतनामूलक कार्यक्रमको ज्ञान प्राप्तिपछि स्थानीय जडिबुटीहरुको सही प्रयोग गर्न सिकौं ।
  • स्वस्थ रहन नियमित रुपमा व्यायाम ,योग र प्राणायाम गर्ने बानी बसालौं ।
  • स्वच्छ, विषादी रहित, प्राकृतिक र ऋतु अनुसारको खाद्य वस्तुको प्रयोग गरौं ।
  • नियमित रुपमा तौल, रक्तचाप र रगतमा चिनीको मात्राको परिक्षण गरौं ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस