- बद्री कटुवाल
”मेट्रोपोलिटन स्कूल अफ बिजनेस एण्ड म्यानेजमेन्ट युनाइटेड किंगडमबाट व्यवसाय र व्यवस्थापनमा अन्तर्राष्ट्रिय पोस्ट ग्र्याजुएट डिप्लोमा अध्ययन पूरा गरेका बद्री कटुवाल अहिले जीएमई रेमिटको महाप्रबन्धक छन् । सुरुमा उनले कतारको अल मिरकाब एक्सचेन्जमा सहायक अपरेशन प्रबन्धकको रूपमा काम गरे । १४ वर्षअघि रेमिट व्यवसायमा हात हालेका कटुवाल जीएमईमा आबद्ध हुनुपूर्व ट्रान्सफास्ट ए मास्टरकार्ड कम्पनीमा रिलेसनसिप प्रबन्धक र जीसीसी क्षेत्रका लागि नेपाल कोरिडोरको प्रमुखको रूपमा काम गरिरहेका थिए। जीएमई रेमिटमा भने उनले मार्केटिङ प्रमुखको रूपमा कार्यकाल सुरु गरेका हुन् । करिब २ वर्षको अनुभवपछि चीफ बिजनेस अफिसर बने । हाल उनी जीएमईको जिएम छन् ।”
- प्रस्तुत छ- बद्री कटुवाल महाप्रबन्धक रहेको जिएमईको विगत, वर्तमान र अबको रणनीतिक योजना :-
हाल रेमिटेन्सको अवस्था
आर्थिक वर्ष २०८०/0८१ को तीन महिनाको तथ्याङ्क हेर्ने हो भने यो अहिले सम्मकै उच्च अवस्थामा पुगेको तथ्याङ्क हामीले विभिन्न समाचार माध्यमहरूमा प्रकाशन भएको देखेकै छौ । जसमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।
यो वृद्धि मुख्यात: नेपालको चाडपर्व र नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको मूल्यवृद्धिका कारण भएको हो । उही समयमा नेपाली कामदारहरू विदेश जाने क्रम पनि बढेको हामीलाई अवगत नै छ ।
जीएमई कम्पनीको अवस्था
जी.एम.इ रेमिटको अवस्था एकदम उत्साहजनक छ । हामी हरेक महिना नयाँ नयाँ बेन्चमार्क सेट गर्न सक्षम भइराखेका छौँ । जी.एम.इ रेमिटले पछिल्लो समय आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेको छ र आगामी दिनहरूमा पनि हामी निश्चित रूपमा आफ्नो बजार हिस्सा बलियो बनाउन बजार विस्तारका कार्यहरू जारी नै राख्नेछौँ । अन्य पक्षमा हेर्ने हो भने, हामीले हाम्रो ग्राहकवर्गलाई विशेष ध्यानमा राखेर हाम्रो सेवा सुविधाहरूलाई सकेसम्म उत्कृष्ट बनाउनमा निरन्तर काम गरिराखेका छौँ र हामी त्यसलाई समयको माग अनुसार अझै परिष्कृत गर्दै लाने छौँ ।
स्थापना वर्ष र कर्मचारीकाे सख्या
सन् २०१२ मा स्थापना भएको बेष्ट रेमिट नेपाल प्रा.लिको सफल अधिग्रहण पछि सन् २०१६ मा जी.एम.इ रेमिट प्रा.लिको स्थापना भएको थियो । जी.एम.इ रेमिटमा हाल करिब ७५ जना कर्मचारीहरू कार्यरत छन् र हाम्रो व्यापार विस्तार भए सँगै कर्मचारीहरूको सङ्ख्यामा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।
जीएमईको आगामी रणनीतिक योजनाहरु
अबको हाम्रो रणनीतिक योजना भनेको हाम्रो सेवाको पहुँचलाई अझै विस्तार गर्दै लाने नै हो । अहिले वैदेशिक रोजगारका लागि नयाँ नयाँ गन्तव्य तर्फ कामदारहरू स्थानान्तरण भइराखेको कुरा हामी सबैलाई अवगत नै छ । त्यसैलाई ध्यानमा राखेर उहाँहरूको सुविधाको लागि जी.एम.इ रेमिटको सेवा पहुँचयोग्य बनाउने कुरा हाम्रो मूल प्राथमिकतामा राखेका छौँ । उही समयमा हाम्रा अवस्थित ग्राहकहरूलाई पनि उतिकै महत्वका साथ अवधारण गर्ने नै छौँ । यसको साथै परिष्कृत सुरक्षा, स्केलेबल प्रविधि र प्रयोगकर्ता अनुकूल प्लेटफर्मको प्रयोग गरी डिजिटल भुक्तानीलाई अझै प्रोत्साहन गर्ने योजना पनि प्राथमिकता मै छ । त्यस बाहेक निरन्तर सुरक्षा लेखा परीक्षणको कार्यान्वयन र व्यापक अनुपालन फ्रेमवर्कको विकासको लागि पनि हामीले विशेष योजना बनाएका छौँ ।
कम्पनी सुरुको अवस्था र अहिलेको अवस्था कसरी तुलना
कम्पनीको सुरुवाती अवस्था एकदमै चुनौतीपूर्ण थियो । धेरै आरोह अवरोहहरूलाई पार गर्दै उद्योग व्यवसायमा अग्रणी र स्थापित विप्रेषण कम्पनीका साथ साथै विभिन्न कमर्सियल बैंकहरुले पनि आक्रामक रूपमा आफ्नो व्यापार विस्तार गर्न लागि परेको अवस्था थियो । त्यही समयमा जी.एम.इ रेमिट एउटा नयाँ प्रतियोगी भएर उदाएको विप्रेषण कम्पनी हो । नयाँ कम्पनी भन्ने बित्तिकै ब्रान्ड विश्वास थिएन । हामी निरन्तर ब्रान्ड निर्माण, नेटवर्क विस्तार र अन्य परिचालन दक्षतामा काम गर्दै गइराखेको थियौँ एक्कासि कोभिड १९ महामारीले विश्व नै प्रभावित बनायो । यद्यपि हामीले यीसबै चुनौतीहरूलाई अवसरको रूपमा बदल्दै आज एक अग्रणी विप्रेषण कम्पनीको रूपमा स्थापित गर्न सफल भएका छौँ । म यसका लागि जी.एम.इ रेमिटका नेतृत्व कर्ता, ग्राहक महानुभाव, नियामक निकाय, आन्तरिक र वैदेशिक व्यवसाय साझेदारहरू र सम्पूर्ण सहकर्मी साथीहरूलाई हृदय देखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
डिजिटल रेमिटेन्सले पारेको प्रभाव
मेरो बुझाइमा डिजिटल रेमिटेन्स भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिलाई विद्युतीय माध्यमबाट हुने सिमापार लेनदेनलाई बुझाउँछ । यसले नगद वा चेक जस्ता परम्परागत विधिहरू प्रयोग गर्नुको सट्टा, डिजिटल रेमिटेन्स रकम हस्तान्तरण गर्नका लागि अनलाइन प्लेटफर्महरू, मोबाइल एपहरू वा इलेकट्रोनिक बैंकिङ प्रणालीहरूमा निर्भर हुन्छ । डिजिटल रेमिटेन्सले सकारात्मक परिवर्तन ल्याएको भए पनि साइबर सुरक्षा चिन्ता, नियामक समस्याहरू र डिजिटल वित्तीय सेवाहरूको फाइदा, जनसङ्ख्याका सबै खण्डहरूमा पहुँचयोग्य छ भनी सुनिश्चित गर्ने जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक छ ।
प्रतिकृया दिनुहॊस