प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल हुने बताइएको छ । बैठकमा मन्त्रालयगत नियमित एजेन्डामा पनि छलफल हुनेछ ।

यसअघि मंगलबार बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, दुई छोरा घाइते

काठमाडाैं । उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते …

प्रतिकृया दिनुहॊस