ग्लोबल रेमिट बचत खाता : विदेशको कमाई, स्वदेशमा बचत

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । ग्लोबल आइएमई बैंक वित्तीय क्षेत्रमा अलग पहिचान बनाउन सफल बैंक हो । यो बैंक अहिले चुक्ता पूँजी, शाखा सञ्जाल लगायत अधिकाशं वित्तीय सूचकहरुका आधारमा मुलुककै ठूलो बैंक बनेको छ ।

मूलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानादेखि ठूलासम्म वित्तीय क्षेत्रमा रचानात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले समयसापेक्ष ग्राहकमाझ विभिन्न नविनतम सेवा तथा सुबिधाहरु प्रदान गर्दै आएको छ ।

वर्तमान समय डिजिटल युगको समय हो । अहिले हरेक मानिस प्रविधिमा निर्भर हुन थालेका छन् । नयाँ नयाँ प्रविधिको विकास भएसँगै अब मानिस प्रविधिकै प्रयोग गरी कामलाई थप छिटो छरितो र झन्झटमुक्त हुन चाहन्छन् । प्रविधिको विकास तीव्र रुपमा बढ्दै गएसँगै व्यापार, व्यवसाय गर्ने कम्पनीदेखि सेवा प्रदान गर्ने संस्थालाई यसको प्रयोग गर्नमा थप चुनौती थपेको छ ।

अबका कम्पनी संघसंस्थाहरु अनिवार्य रुपमा प्रविधिमा जोडिनुपर्ने परिस्थिति सिर्जना भइसकेको छ । ग्लोबल आइएमई बैंकले पनि प्रविधिलाई पछ्याउँदै समयसापेक्ष कम्पनीका सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै गएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल च्यानल मार्फत ग्राहकहरुले बैंकिङ्ग सेवाहरुको उच्चतम् प्रयोग होस् भन्ने उद्देश्यले विभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधादेखि, मोबाइल बैंकिङ, अनलाइनबाटै निक्षेप जम्माजस्ता सुविधा ग्राहकमाझ पस्किँदै आएको छ । जसकारण ग्राहकलाई बैंकसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

विदेशको कमाई, स्वदेशमा बचत
बैंकले ‘विदेशको कमाई, स्वदेशमा बचत’ नारासहित ग्लोबल रेमिट बचत खाता सञ्चालनमा ल्याएको छ । यसमा विश्वका जुनसुकै देशमा रहेका श्रमस्विकृत प्राप्त नेपाली नागरिकले खाता खोल्न सक्छन् । बिना झन्झट सजिलै खाता खोल्न सकिने भएकाले यो योजनाप्रति विदेशमा रहेका नेपालीहरुको आकर्षण बढेको बैंकको भनाई छ ।

साथै यहि योजनामार्फत वैदेशिक रोजगार आरक्षित आइपीओमा आवेदन दिन सकिनेछ । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूलाई कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मा लगानी गर्ने अवसर दिएको हो । अब आइपीओ जारी गर्न अनुमति पाएका कम्पनीहरुले पहिलो चरणमा अनिवार्यरूपमा योजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर जारी गर्नुपर्ने बाध्यता छ । त्यसो हुँदा ग्लोबल रेमिट बचत खाता भएका नेपालीले सजिलै आइपीओ भर्न सक्ने बैंकको विश्वास छ ।

आधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ सुविधा
बैंकको अन्य खाताहरुमा जस्तै ग्लोबल रेमिट बचत खाता पनि मोबाइल बैंकिङको सुविधा छ । बैंकले ग्राहकलाई नविनतम प्रविधिमा लैजाने उद्देश्यले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ योजना सञ्चालन गरिरहेको छ । ग्लोबल आईएमई बैंकमा खाता हुने ग्राहकले यो सुुविधा लिन सक्छन् । ग्लोबल स्मार्ट प्लसबाट मानिसहरुले विभिन्न बैंकिङ्ग सेवाहरु जस्तै सजिलैसंग अन्य खातामा रकमान्तर, खाताको विवरण, मोबाईलबाटै मुद्दती खाता खोल्ने, वालेटहरुमा रकमान्तर तथा उपभोग्य सेवाहरु विजुली, खानेपानी, इन्स्युरेन्सको प्रमियम, हवाइजहाजको टिकट, टिभिको विल, मोबाईलको विल, रिचार्ज कार्ड लगायत सेवाहरु वापतको भुक्तानी सजिलैसंग गर्नसक्छन् । यसका लागि प्ले स्टोरबाट ‘ग्लोबल स्मार्ट प्लस’ डाउनलोड गरी प्राप्त निर्देशनहरु पालना गरी ग्राहक आफै मोबाइल बैंकिङ एप खोल्न सक्छन् ।

बैंकका शाखा तथा एटीएम स्थानहरुको जानकारी लिन पनि ग्लोबल स्मार्ट प्लस सहज रहेको छ । यीबाहेक क्युआर कोडको प्रयोग गरेर फरक अकाउन्टमा पैसा ट्रान्सफर गर्न सकिन्छ । सिधै मोबाइल नम्बरबाट, र खाता नम्बर हालेर रकम ट्रान्सफरको सुविधा छ । कनेक्ट आइपिएस इन्टर बैंक सुविधा यस एपमा लिंकअप गरिएको छ । जसको कारण कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्न मिल्छ ।

अरू बैंकको भन्दा बढी
२० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको ब्याजदरलाई हेर्ने हो भने अन्य बैंकहरुले जारी गरेको ब्याजदर भन्दा ग्लोबल आइएमई बैंकको ब्याजदर बढी छ । वैदेशिक रोजगारीमा गई विदेशी भूमिलाई कर्मक्षेत्र बनाई आयआर्जन गरेका व्यक्तिहरुको कमाइलाई बैंकिङ माध्यमबाट नेपालमा ल्याउन महत्वपूर्ण योगदान गरिरहेको ग्लोबल आइएमई बैंकले बचत तथा मुद्दती तर्फ अन्य बैंकहरुले प्रकाशन गरेको ब्याजदर भन्दा उच्चतम् ब्याजदर प्राकशित गरेको छ ।

सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा धेरै दिइरहेका छन् । ग्लोबल आइएमई बैंकले निक्षेपमा भन्दा १ प्रतिशत धेरै दिएको हो । रेमिट्यान्स तर्फ बचत निक्षेपमा वार्षिक ७.६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक १०. ६ प्रतिशत रहेको छ । बैंकहरुको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैंकको विभिन्न बचत निक्षेप योजनाहरुमा पनि उच्चतम् ब्याजदर प्रकाशन गरेको देखिन्छ ।

बैंकको सबै नेपालीको बचत खाता तथा सोचे जस्तै बैंक खातामा वार्षिक ६.६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ७.६ प्रतिशत प्रकाशित गरेको छ । यसरी हेर्दा स्वदेश तथा बिदेशमा बसोबास गर्नेहरुले ब्याज आम्दानी वृद्धि गर्ने हो भने ग्लोबल आइएमई बैंकमा बचत गर्दा उपयुक्त हुने देखिएको छ । मुद्दती निक्षेपतर्फ ३ महिना वा सो भन्दा धेरै अवधि भएका मुद्दती योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक ९.६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ ।

उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम् ब्याजदर हो । संस्थागत निक्षेपतर्फ पनि बैंकले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित ब्याजदर मध्य अधिकतम् नै देखिन्छ । बैंकिङ क्षेत्रमा आउने निक्षेपहरुमा बैंकको ब्याजदरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । निक्षेपकर्ताहरुले उपलब्ध ब्याजदरहरु मध्य धेरै ब्याजदर प्रदान गर्ने वित्तीय संस्था रोजाइमा राख्ने गरेको देखिन्छ । बचतकर्ताहरुको लागि पनि उपलब्ध ब्याजदरहरु मध्यबाट उच्च ब्याजदर प्रदान गर्ने बैंकमा निक्षेप राख्ने हो भने ब्याज आम्दानी धेरै हुन्छ ।

साथै, बैंकहरुले मंसिर महिनाको लागि प्रकाशित गरेको ब्याजदरलाई मध्य नजर गर्दा मंसिर महिनामा ग्लोबल आइएमई बैंकमा धेरै निक्षेपकर्ताहरुको आकर्षण हुने देखिन्छ । बैंकको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरु पनि रहेको र सम्पूर्ण शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहक महानुभावहरुले निक्षेप जम्मा गर्न सकिने हुर्दा ग्राहकहरुले यस उच्चतम् ब्याजदरको स्वभाविक फाइदा लिने अवसर बन्ने देखिन्छ ।

पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास
यस अवधिमा बैंकले एसियाको महत्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने निर्णय गरी नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतिसमेत प्राप्त गरेको छ । दक्षिण कोरियाको कानून बमोजिम विदेशी बैंकको शाखा खोल्न त्यहाँको नियामक निकायबाट स्वीकृति प्राप्त गर्नुपर्ने भएकाले सोका लागि प्रक्रिया शुरु गरिसकेको पनि बैंकले जनाएको छ ।

यसै सन्दर्भमा अघिल्लो महिना गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री ज्योङ हृाङ गेउनको नेपाल भ्रमणको क्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसंग नेपाली बैंकलाई कोरियामा शाखा खोल्ने सहजिकरण गर्ने प्रतिब्द्धता व्यक्त गर्नुभएको थियो । ग्लोबल आइएमई बैंकको कोरियाको शाखा सञ्चालनमा आएपछि कोरियामा भएमा नेपालीहरुले सजिलो संग आफ्नै देशको बैंकमा दुख गरि कमाएको रकमको बचत गर्न सक्नेछन् ।

उत्तरदायित्वमा अगाडि
संस्थागत सामाजिक उत्तरदायित्वमा ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ । पछिल्लो समय जाजरकोटमा गएको भूकम्पले ठूलो जनधनको क्षति भएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक आफूलाई अगाडि उभ्याएको हो ।

आइएमई गु्रप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाखको चेक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई गु्रपबाट प्रवद्र्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

मूलुकमा हुने कुनै पनि विपदमा बैंक सहयोगका लागि अग्रस्थानमा समेत हुँदै आएको छ । विशेषगरी मूलुकमा आइपर्ने दैवीप्रकोपमा बैंक अग्रसर भई समाज प्रति उत्तरदायी संस्थाको रुपमा परिचित छ । मुलुकको वित्तीय एवम् आर्थिक क्षेत्रमा सघन रूपमा संलग्न रही बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय रहँदै आएको बैंकले जानकारी दिएको छ । बैंकले आर्थिक वर्ष २०७८–०७९ मा हिन्दूहरुको पवित्रस्थल पशुपति परिसरको होमो डायलासिस सेन्टरलाई एक थान किड्नी डायलासिस मेसिन खरिद गर्न, लागुऔषधविरुद्ध जनचेतना सम्बन्धी भिडियो (छोटो फिल्म) निर्माण गर्न एवं बालबालिका सम्बन्धी अस्पताल भवन निर्माणका लागि सक्दो आर्थिक सहयोग गरेको छ । बैंकले विभिन्न स्थानहरुमा वित्तीय साक्षरताका कार्यक्रमहरु वार्षिक तालिकाहरु बनाई निरन्तर सञ्चालन गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ नै जारी गरेको छ । सोही अनुसार नै ग्लोबल आइएमई बैंकले दायित्व पूरा गरेको दाबी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । …

प्रतिकृया दिनुहॊस