बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले किनेको छ ।

आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यसअघि आजियाटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो । आजियाटा बाहिरिने भएपछि उसको सेयर आचार्यको कम्पनीले किनेको हो । आजियाटाले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको भनेको थियो ।

दूरसञ्चार ऐन, २०५३ बमोजिम विदेशी कम्पनी भएका कारण लाइसेन्स अवधि २५ वर्षपुगेपछि अर्थात् करिब ६ वर्षपछि एनसेलको स्वामित्व स्वतः सरकारलाई आउने थियो । तर, नेपाली कम्पनीले एनसेलको सेयर स्वामित्व पाएसँगै लाइसेन्स नवीकरण गरेर त्यसपछि पनि सञ्चालन जारी राख्न सक्नेछ ।

सन् २०१६ को अप्रिलमा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेर नेपाल भित्रिएको थियो । एनसेलमा यसअघि ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, पुरस्कृत भए यी ४० जना (नामसहित)

काठमाडौं । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।

प्रतिकृया दिनुहॊस