टर्कीश पफ्र्युम ब्रान्ड निशनेको एक्स कलेक्सन नेपालमा

काठमाडौं । नेपालमा टर्कीश पफ्र्युम ब्राण्ड निशनेका उत्पादनहरूको विक्री सुरु भएको छ । नेपाली बजारमा ब्रान्डेड पफ्र्युमहरु बिक्री गर्दै आइरहेको इना सेन्टरले निशने ब्राण्डका पफ्र्युमहरु भित्र्याएको हो ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले निशने एक्स कलेक्सनको उद्घाटन गरे । संसारभर पफ्र्युम पारखीहरूका लागि उत्कृष्ट मानिएको निशने ब्राण्डका पफ्र्युम टर्कीमा उत्पादन हुन्छन् भने इना सेन्टरले यसका विभिन्न भेरियन्टहरु नेपालमा भित्र्याएको हो ।

इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तर्राष्ट्रिय ख्याति प्राप्त ब्राण्डका पफ्र्युमहरु आयात तथा विक्री वितरण गर्दै आएको छ । इना सेन्टरका न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निशने ब्राण्डका पफ्र्युम बिक्री हुने इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव वर्तौलाले जानकारी दिए ।

इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्राण्डका पफ्र्युमहरू बिक्री गर्दै आइरहेको छ ।

निशने छोटो समयमा स्थापित टर्कीश ब्राण्ड हो । यो ब्रान्डका पफ्र्युमहरु विश्वका सर्वाधिक बिक्री हुने पाँच उत्कृष्ट पफ्र्युममध्येको सूचीमा पर्दछन् निशनेका उत्पादनहरूमध्ये उत्कृष्ट पाँच ब्रान्डहरू ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोब चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन् ।

निशनेका प्रत्येक नयाँ संस्करणहरूमा मौलिक सुगन्धको मुख्य विशेषताहरू रहने जनाइएको छ । यसलाई नयाँ क्षितिजमा लैजान र उपभोक्ताको रुचिलाई कायम राख्नका लागि विशेष प्रकारको डिजाइन गरिएको यी पफ्र्युमहरु अत्तरको संसारमा नयाँ विश्वव्यापी आइकनहरू बन्ने अपेक्षा गरिएको छ ।

बेस्टसेलर पफ्र्युम निशनेको ह्यासिभ्याट सन् २०१७ बाट बजारमा आए पनि यसको लालित्य, योग्यता र कलाको प्रेमलाई निखारिएको भन्दै प्रशंसा भइरहेको छ । यस्तै, हन्ड्रेड साइलेन्ट वेज पफ्र्युम सन् २०१६ मा लन्च भएपछि यसले पफ्र्युमका क्षेत्रमा नयाँ आयाम थपेको छ । यसलाई मौलिक सुगन्ध मन पराउनेहरू र मौलिक सूत्रको आकर्षक मुडमा नयाँ टेक खोज्नेहरूले रुचाउँछन् ।

एनी पफ्र्युम सन् २०१९ मा सार्वजनिक भए पनि यसले मानिसहरू बीचको सबै भावनात्मक सीमाहरू हटाउन सफल भएको छ । यो सुगन्ध तुरुन्तै विश्वव्यापी हिट भयो जुन प्रायः सबैभन्दा राम्रो भेनिला सुगन्धको रूपमा उल्लेख गरिएको थियो ।

वुलोब चा सन् २०१५ मा विश्वव्यापी रूपमा सुरु गरिएको निशनेको विश्वभरि ठूलो फ्यानबेसमा पुगेको पफ्र्युम भएको छ । यसलाई प्रयोग गर्नेहरूको शब्दमा यसले सुदूर पूर्वको शान्त चिया बगानहरूमा लैजान्छ, जहाँ ओलोब चियाका पातहरू र भूमध्यसागरीय फिगका नाजुक नोटहरू छन् ।

फ्यान योर फ्लेम्स अर्को बेष्टसेलर पफ्र्युम हो । यसको सुगन्ध नरिवल, रम र लेन्टीस्कको संयोजनको साथ खुल्छ, जसले मीठो र सुगन्धित वातावरण दिन्छ । सुगन्धको मुटुमा तंबाकू , टोन्का बीन र थाइम तेलको मिश्रण हुन्छ, जसले समृद्ध र मसालेदार सुगन्ध सिर्जना गर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ क्यापिटलले पायो १ अर्बको फण्ड संचालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फण्ड १ ‘ संचालन गर्नलाई इकाई जारी गर्न …

प्रतिकृया दिनुहॊस