फाइल तस्वीर

रवि र छवीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम अपचलनक मद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ । अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत पोखरा उपस्थित गराइएको हो ।

प्रहरीले लगाएको आरोपमा थप अनुसन्धान आवश्यक रहेको सरकारी वकिलको ठहरपछि रविलाई म्याद थपका लागि लगिएको हो । रवि गत शुक्रबार पक्राउ परेका थिए । पक्राउ परेका रविलाई अनुसन्धानका लागि पोखरा लगिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस