मुक्तिनाथ क्यापिटलले पायो १ अर्बको फण्ड संचालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फण्ड १ ‘ संचालन गर्नलाई इकाई जारी गर्न स्वीकृति दिएको छ। बोर्डले यहि कात्तिक ७ गते स्वीकृति दिएको हो।

यससंगै ‘मुक्तिनाथ म्युचुअल फण्ड १ ‘ लाई प्रति इकाई अंकित मूल्य दशका दरले १० करोड इकाईले हुन आउने १ अर्ब रकम बराबरको इकाई निष्काशनको बाटो खुलेको छ।

क्यापिटलकाअनुसार १ अर्बको इकाईमध्ये १५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले गर्नेछ भने बाँकि ८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन हुनेछ।

यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष रहेको छ । यसको योजना व्यवस्थापकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

इकाईधनीहरुबाट संकलित रकम प्रचलित कानुन अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचिकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरुमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निरन्तर कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा साताको पाचौं आज (बिहीबार सुनको मूल्य घटेको छ । विगत एक सातादेखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

प्रतिकृया दिनुहॊस