मुक्तिनाथ विकास बैंकको नाफा बढेर २८ करोड १८ लाख पुग्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा २३.१७ प्रतिशतले धेरै हो । गत वर्ष यसले २२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ६.३७ प्रतिशतले बढेर १ अर्ब ११ करोड ७ लाख कायम भएको छ ।

गत वर्ष उक्त आम्दानी १ अर्ब ४ करोड थियो । यस बैंकको अन्य आम्दानी ४७ लाखबाट बढेर ३ करोड ३० लाख पुगेको छ । सञ्चालन आम्दानी १ अर्ब ३० करोड कायम भएको छ । त्यसैले पनि नाफामा सुधार आएको हो । बैंकको इम्पेयरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँ रहेको छ । यता, सञ्चालन नाफा १७.७५ प्रतिशतले बढेको छ ।

यसको वितरणयोग्य नाफा ६२ करोड ९० करोड रहेको छ । उक्त रकमबाट यसको लाभांश वितरण क्षमता १६.८७ प्रतिशत छ । चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ कायम छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १० पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री