विश्व बैंकले रोजगारी सिर्जनामा सघाउने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । अमेरिका भ्रमणमा रहेका नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग बुधबार भेटवार्ता गरेका छन् । वार्तामा नेपालको रोजगारी सिर्जना, व्यावसायिक वातावरण सुधार, पूर्वाधार आयोजना कार्यान्वयन, र विप्रेषण प्रवाहमार्फत रोजगारी वृद्धि जस्ता विषयमा छलफल भएको छ ।

यसै अवसरमा, नेपाल सरकार र विश्व बैंकबीच प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि १५ करोड डलरको सम्झौता भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन् । पुनर्निर्माण र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभाव व्यवस्थापन गर्न यो सहायता प्रयोग गरिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ क्यापिटलले पायो १ अर्बको फण्ड संचालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फण्ड १ ‘ संचालन गर्नलाई इकाई जारी गर्न …

प्रतिकृया दिनुहॊस