ब्राजिलमा समुन्द्री आँधीका कारण २२ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा शक्तिशाली चक्रवात (समुद्री आँधी) का कारण भीषण वर्षा र बाढी आउँदा २२ जनाको मृत्यु भएको छ । सयौं मानिस विस्थापित भएका छन् । मंगलबार तटीय क्षेत्रमा ठोक्किएको उक्त आँधीका कारण देशको दक्षिणी राज्य रियो ग्रयाण्ड डो सुल सबैभन्दा बढी प्रभावित भएको छ ।

उक्त राज्यमा मात्र २१ जनाले ज्यान गुमाएका छन् । बाढीको पानी घट्दै जाने क्रममा थप शवहरु प्राप्त हुन सक्ने अधिकारीहरुले बताएका छन् । गर्भनर एडुआर्डो लेटेले राज्यका करिब ६० वटा सहर आँधी र बाढीले प्रभावित भएको बताएका छन् । यस्तै छिमेकी राज्य सान्टा क्याटारिनामा थप एक जनाले ज्यान गुमाएको रोयटर्सले जनाएको छ ।

यो आँधी जलवायु परिवर्तनका कारण भएको विज्ञको भनाइ छ । गत जुनमा दक्षिणी ब्राजिलमा आएको समुद्री आँधीका कारण १३ जनाले ज्यान गुमाएका थिए । हजारौं विस्थापित भएका थिए । यस्तै गत फेबु्रअरीमा मुसलधारे वर्षा, बाढी र पहिरोमा साउ पाउलो राज्यमा ६५ जनाले ज्यान गुमाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफल : १० लाखभन्दा बढी सहभागी

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट …

प्रतिकृया दिनुहॊस