खरेलको ‘यात्रा जिन्दगीको’ प्रकाशित

काठमाडौं । कविता र संस्मरणमा कलम चलाउँदै आएका स्रष्टा महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ प्रकाशित भएको छ । यो उनको दोस्रो कृति हो ।

यसअघि कवितासङ्ग्रह ‘मनको किरण’ प्रकाशित गरिसकेका खरेलको यो आत्मकथात्मक उपन्यास हो । उपन्यास शब्द संयोजन मासिकले प्रकाशित गरेको हो ।

  • को हुन् खरेल ?
    नाम – महेशराज खरेल
    आमा/बुवा – अयुद्धा खरेल, स्व.मार्कण्डे खरेल
    जन्मस्थान – ताप्लेजुङ, सिनाम हाल काेटेश्वर काठमाण्डाै
    श्रीमती – सराेजा आचार्य खरेल
    जन्मसाल – २०१६ मंसिर
    शिक्षा – स्नाकाेत्तर, नेपाली
  • पेशा
    *राष्ट्रिय वाणिज्य बैकमा २९ वर्ष सेवा, मुख्य प्रबन्धक पदबाट निवृत्त
    *सहायक महाप्रबन्धक- अजोड इन्साेरेन्स  लि.मा २०७५ /०४/२७ देखि २०७८ /०४ /२६  गते सम्म ।
  • जिम्मेवारी
    *राष्ट्रिय वाणिज्य बैक कर्मचारी विनियमावली मस्यौदा समिति २०४९ सदस्य
    *नेपाल सरकारद्वारा गठित संस्थान सुधार सुझाव समिति २०५७ सदस्य
    राष्ट्रिय वाणिज्य बैकमा आन्तरिक *लेखापरीक्षण विभागको विभागीय प्रमुख
    एवम् लेखापरीक्षण समितिको सदस्य सचिव २०७३ वैशाख देखि २०७४ आश्विन सम्म..
    *अजोड इन्स्याेरेन्स लिमिटेड, कर्मचारी विनियमावली मस्यौदा समिति २०७६ को संयोजक
  • अन्य थप भूमिका :
    *राष्ट्रिय वाणिज्य बैक, कर्मचारी संघ, केन्द्रीय सदस्य, महासचिव र अध्यक्ष २०४७ देखि २०६० सम्म
    *अन्तरसंस्थान कर्मचारी संघ राष्ट्रिय समितिको सह- कोषाध्यक्ष, महासचिव २०४७ देखि २०५२ सम्म
    *अन्तरबैंक कर्मचारी संघ राष्ट्रिय समिति (बिफु नेपाल) संस्थापक अध्यक्ष पुनः अध्यक्ष २०५२ देखि २०६२ सम्म
    *ट्रेडयुनियन र ट्रेडयुनियन संघका विभिन्न आन्दोलनको संयोजक
    *मधुपर्क, गाेरखा पत्र  शब्द संयोजन ,शप्तरंङ्गी मासिक, टक्सार आर्थिक, हिमाली गुराँस लगायत अन्य पत्र पत्रिका, अनलाइनमा दर्जनाैँ कविता, मुक्तक, हाइकु र यात्रा संस्मरण र संस्मरणहरू
  • क/कृति: 
    १/मनकाे किरण कविता संग्रह २०७७
    २/ यात्रा जिन्दगीको उपन्यास२०७९ (हातमा)
  • ख/संस्मरण..
    १/पानवाली बहिनीको क्यारेमबाेर्ड – न्युज दैनिक अनलाइन २०७८
    २/ हाम्रो घरको ड्राेगाे – खरिबाेट अनलाइन २०७८
    ३/पोखरा बाग्लुङ्ग यात्रा र बाङ्खुडे लाैराे – शब्द संयोजन मासिक वर्ष १८/अंक १०/ पूर्णनङ्क २१३/२०७८ माघ
    ४/ पाथीभरा देवीस्थान भ्रमण – शब्दङ्कुर मासिक २०७९ आषाढ- (२४९)
    ५/ जागिरे जीवनका दिनहरू – शब्द संयोजन मासिक वर्ष १९/ अंक ५ पूर्णाङ्क २२० २०७९ भाद्र
    ६/ सिमिकोट ‘नियात्रा’ हिमाली गुराँस
    अन्य फुटकरलेख, समीक्षा आदि ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस