एकीकृत समाजवादी भन्छ- ‘थ्रेसहोल्ड कट्छ, अहिलेकै गठबन्धनको सरकार बन्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकपछि सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

देश दक्षिणपन्थी दिशातर्फ नजाओस् भन्ने विषय महसुस गर्दै गठबन्धन दलसँगको सहकार्यलाई निरन्तरता दिने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए । ‘देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्‍यौं । यस हिसाबमा गठबन्धन दलहरुसँगको हाम्रो जुन सहकार्य छ, त्यसलाई अघि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौं,’ उनले भने ।

‘प्रारम्भिक रुपमा गठबन्धनलाई कायम राख्ने गरी जनमत आएको छ, त्यसैले गठबन्धनकै सरकार बन्छ,’ एक जना सचिवालय सदस्यले भने, ‘अर्को ढंगले जाने परिस्थिति पाकेकै छैन ।’

आफ्नो पार्टीले समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएर थ्रेस होल्ड कटाउने समाजवादीको विश्लेषण छ । त्यसबेला गठबन्धनलाई आवश्यक बहुमत संख्या पुग्ने उसको ठम्याई छ । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० क्षेत्र जितेको छ । समानुपातिकतर्फ ९८ लाख ८ हजार मत गणना हुँदा २ लाख ७७ हजार मत पाएको छ । यदि थ्रेस होल्ड कटाएको अवस्थामा समाजवादीको ३ सांसद समानुपातिक तर्फबाट पाउने छ ।

बैठकमा निर्वाचनको प्रारम्भिक परिणामको समीक्षा समेत भएको बताइएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम–१ मा कानुनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस