नेप्से सुचकमा सामान्य वृद्धि

काठमाडौं । मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशतले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

मंलबार २५ लाख ८९ हजार बढीको कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । साथै, ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ ।

त्यस्तै, धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ ।

हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाको कारोबार भएको र नविल बैंकमा भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाको कारोबार भएको छ ।

मंग्लबार विकास बैंक, फाइनान्स, हाइड्रो पावर, जिवन बिमा, माइक्रो फाइनान्स, अन्य र म्युचुअल फण्ड कम्पनीहरुमा वृद्धि भएको छ । यस्तै अरु कम्पनीहरुमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस