जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुंगेलले बताए ।

नेवारी समूदायले जनैपूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदा तिथिमा मृत आफन्तहरुको सम्झनामा गाईजात्रा निकालेर बजार परिक्रममा गर्ने गर्दछ । तर यसवर्ष पूर्णिमा दुई दिन भेटेको हुनाले प्रतिपदा पनि भोलि नै परेको हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस