चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु

काठमाडाैँ । चितवनकाे भरतपुर महानगरपालिका- २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करावाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस