कल्पना शर्मा, सम्पादक

अनलाइन पत्रकार बन्न के के जान्नैपर्छ ?

कल्पना शर्मा, सम्पादक

केहि वर्ष अघिसम्म विहानै उठेर पत्रिका नपढी धरै नपाउनेहरु अहिले मोवाईल, ल्यापटपमा समाचार पढ्छन् । जमाना बदलिएको छ । मानिसको सोच बदलिएको छ । सूचना प्रविधिमा भएको परिवर्तनले आम अडियन्सको सोचाई बदलिएको छ । केहि समय अगाडिसम्म पत्रिकाको भर गर्नेहरु अहिले अनलाईन मिडियामा आकर्षित हुन थालेका छन ।

  • स्तम्भकारले अनलाइन मिडियामा सम्पादकको जिम्मेवारी पूरा गर्दै गरेकाले प्लस टु र स्नातक तहसम्म अध्ययन गर्दै गरेकाहरुले इनबक्समा धेरै सोध्ने प्रश्नमा म अनलाईनमा काम गर्न चाहन्छु, तर के गनुपर्छ ? अनि अनलाईन चलाउनेहरुले सोध्ने प्रश्न भनेको अनलाईनमा राम्रो काम गर्न सक्ने मान्छे छ ? अनलाइनमा काम गर्न जोसुकैको क्षमताको कुरो होईन । समाचार वा विषयबस्तुलाई भाषिक शुद्धता मात्रै होईन कलात्मक हिसावले पनि प्रस्तुत गर्न सक्ने क्षमता हुनुपर्छ ।

अनलाइन पत्रकार बन्न सत प्रतिशत हरेक कुरा जानेकै हुनुपर्छ भन्ने केहि छैन । तथापि यस्ता केही सीप तथा कला छन् जो जान्नैपर्ने हुन्छ । अहिले समाचार थाहा पाउने माध्यम भनेको अनलाईन मिडिया हो । २ वर्ष अगाडि प्रेस काउन्सिल नेपालमा २ सय अनलाईन मात्रै दर्ता थिए भने अहिले करिब १२ सयको हाराहारीमा दर्ता भइसकेका छन् । यसरी छ्याप छ्याप्ती खुलेका अनलाईन मिडियामा काम गर्ने पत्रकारको संख्या पनि त ठूलो नै चाहियो । अहिले पत्रकारितामा वीए र एमएस्तरमा पढाई हुने नीजि कलेजहरु खुलेका छन् । पत्रकारिता नै अध्ययन गरेर आउनेले पनि अनलाईनको ज्ञान राख्नैपर्छ । अनलाईन पत्रकार बन्ने भित्री चाहना तर सीप र दक्षताको अभावमा समस्या उत्पन्न हुन्छ । कस्ता सीप सिक्ने हो भने दक्ष अनलाईन पत्रकार बन्न सकिन्छ त ?

भाषिक शुद्धता
अनलाईन पत्रकार बन्न सबैभन्दा पहिला भाषिक शुद्धता हुनैपर्छ । अनलाईनमा सेकेण्ड÷सेकेण्डको महत्व हुने भएकाले रफ्तारमा समाचार पोष्ट गर्दा गल्ती हुन सक्ने संभावना हुन्छ । हामीले विभिन्न अनलाइनमा समाचारको प्रस्तुति हेर्दा धेरै गल्ती देखिरहेका हुन्छौ । दुर्घटनाका समाचार ब्रेक गर्ने बहानामा धेरै भाषिक अशुद्धता देखिन्छ । अनलाइनमा भाषिक शुद्धता मुख्य विषय हो । मुख्यत अनलाइनमा एउटै व्यक्तिले समाचार लेख्ने, सम्पादन पनि उसैले गर्ने र पोस्ट पनि उसैले गर्नुपर्छ । त्यसकारण अनलाईन पत्रकारलाई ‘वन म्यान जनालिज्म’ पनि भनिन्छ । कुन भाषाको मिडियामा काम गर्ने हो त्यसको विषयमा गहिरो अध्ययन गर्नुपर्छ । मिडियामा आएको एउटा गल्तीले लाखौं अडियन्सको सोच बदलिन सक्छ । मिडियाको चार्मिङ नै घटेर जान्छ ।

फोटोसप
अनलाईन पत्रकार समाचारले माग गरेको फोटो छनोट गर्न जान्ने हुनुपर्छ । फोटोसपको ज्ञान भएन भने अनलाईन पत्रकार बन्न सकिदैन । फोटो इडिट अन्तर्गत क्रप गर्ने, रङ मिलाउने, फोटोहरु एकआपसमा जोड्ने, फोटोमा अक्षर राख्ने, फोटो इरेज, ब्याकग्राउण्ड चेन्ज गर्ने जस्ता क्वालीटि अनलाईन पत्रकारमा हुनुपर्छ ।
युनिकोड टाइपिङ
अनलाईन पत्रकारले जान्नैपर्ने अर्को र महत्वपूर्ण ज्ञान भनेको युनिकोड टाइपिङ हो । हुनत आजभाली गुगलमा प्रिती टु युनिकोड र युनिकोड टु प्रितीमा कन्भर्ट गर्ने सुविधा छ । तर लाइभ दिनुपर्यो भने चाहि यो संभव छैन । कुनै कार्यक्रम वा विशेष प्रस्तुतिको लाइभ गर्नका लागि युनिकोड टाइपिङ जान्नैपर्छ । यदि युनिकोड टाइपिङ राम्रोसँग आउँदैन भने सिकीहाल्नुपर्छ ।

भिडियो
अनलाईन पत्रकारितालाई मल्टिमिडिया पत्रकारिता पनि भनिन्छ । भिडियो उत्पादन, सम्पादन तथा पोष्ट गर्ने तरीका थाहा पाउनुपर्छ । जान्नैपर्ने कुरामा भिडियो खिच्ने, त्यसको सम्पादन गर्ने, समाचार साईट वा युट्युब साइटमा अपलोड गर्ने ज्ञान अनलाइन पत्रकारमा हुन जरुरी छ ।

सोसल मिडिया
अहिले विभिन्न सोसल मिडिया प्रचलनमा छन । अनलाइन पत्रकारसँग फेसबुक, ट्विटर, युट्युब, ह्वाट्स अप, इन्स्टाग्राम जस्ता साइट प्रयोगको पूर्ण ज्ञान आवश्यक हुन्छ । यदि यस्ता सोसल मिडियाको राम्रो ज्ञान छैन भने अनलाईन पत्रकारितामा फिट हुन सकिदैन । समाचार पोस्ट भएपछि फेसबुक लगायतका साईटमा समाचार सेयर गर्न अनिवार्यरुपमै जान्नुपर्छ ।

पत्रकार आचारसंहिता
पत्रकार आचारसंहिताको ज्ञान नभईकन अनलाईन पत्रकार बन्न सकिदैन । अनलाईन मिडियामा पोस्ट गरिसकेको समाचार वा सामग्री डिलिट गर्नुहुँदैन । डिलिट गर्नैपरे विषयबस्तुलाई पूर्णरुपमा परिवर्तन गर्नु हुँदैन । भूल सुधार गरिएको सूचना समाचारमा प्रष्टरुपमै राख्नुपर्छ । एक पटक प्रकाशित भइसकेको समाचारमा सूचना दिएर भूल सुधार गर्न सकिनेछ तर कुनैपनि हालतमा पूरै समाचार डिलिट गरिने छैन ।
यी विषयमा ज्ञान भएन भने दक्ष पत्रकार बन्न सकिदैन । अनलाइन मिडियामा आफूलाई दक्ष साबित गर्नका लागि यत्ति आधारभूत कुराहरु भने जान्नैपर्छ । अन्य क्षमतालाई परिमार्जन गर्न सकियो भने झनै सुनमा सुगन्ध हुन्छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस